नागरिक पोष्ट News


माइतीघरमा मण्डलामा पशुपति शर्माको घन्कियो ‘लुट्न ' हेर्नुहोस् लाइभ भिडियो

3.7K

p style="text-align:justify">चर्चित लोक गायक पशुपति शर्माको विवादित गीत ‘लुट्न सके लुट कान्छा’ गीत माइतीघर मण्डलामा बजाइएको छ । युट्युबमा अपलोड गरिएको दुई दिनमै नेपाल ट्रेडिङमा परेको सो गीत विवादमा परेपछि गायक शर्माले युट्युबबाट हटाएका छन् । उनले युट्युबबाट सो गीत हटाएसँगै सरकारको समेत कडा विरोध भएको छ । सरकारको दबाबमा गायक शर्माले हटाएको भन्दै आलोचना भएको हो ।

 

सरकारले युट्युबबाट हटाउन बाध्य पारेको भन्दै आइतबार युवाहरुले माइतीघर मण्डलामा सो गीत सार्वजनिक रुपमा बजाएर विरोध जनाएका छन्।

शीरमा पम्प्लेट लगाएर युवाहरुले नारा लगाउँदै नाँचगान गरिरहेका छन्। साथै उनीहरुले सरकारविरुद्ध नारा जुलुस समेत गरिरहेका छन्। उनीहरुले पशुपति शर्माको गीतजिन्दावाद’ भन्दै बन्द गर्न नहुन माग गरेका छन्।

Must View