नागरिक पोष्ट News


२० वर्षे आदिल अहमद जसले आत्मघाती हमलामा ४२ जना भारतीय जवानको ज्यान लिए

2.3K

भारतको जम्मू–कश्मीरको पुलवामामा श्रीनगर राजमार्गमा यस बर्षकै सबैभन्दा ठुलो आतंकवादी आक्रमण भयो। आक्रमणमा कम्तिमा ४२ जना भारतीय सुरक्षा पौज सीआरपीएफका जवान मारिएको छन् भने ४० भन्दा धेरै घाइते भएको जनाइएको छ ।करिब २५० वटा सवारी साधानमा करिब २५०० जना को फौज राजमार्गबाट गइरहेको बेला एउटा कारमा आएका आतंकवादीले सीआरपीएफ रहेको बसमा कार ठोक्काएर बिस्फोट गराएको बताइएको छ । आतंकवादको यो घटनापछि भारतलाई विश्वभरका देशहरुले समर्थन गर्दै आतंकवाद विरुद्ध एकबद्धता जताइरहेका छन्।

भारतीय मिडियाहरु घटनाको जिम्मेवार लगातार पाकिस्तानी खुफिया एजेन्सी आईएसआईको हात रहेको आरोप लगाई रहेको छन् भने घटनाको जिम्मेवार पाकिस्तान द्वरा संरछित भनिएका जैश-ए-मोहम्मद समूहले लिएको छ।पछिल्लो रिपोर्टका अनुसार घटना पुलवा मामा श्रीनगरकै स्थानीय एक युवा आदिल अहमद डारले गराएको भारतीय सञ्चारमाध्यमले दावी गरेका छन् । प्रतिबन्धित पाकिस्तानी आतंकवादी संगठन जैश–ए–मोहम्मदका कश्मीरी सदस्य अदिल अहमद दारले आत्मघाति कार बिस्फोट गराएको दावी छ । जैश–ए–मुहम्मदका आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको बस सीआरपीएफको बसमा ठोक्काएका थिए ।

विस्फोटबाट सीआरपीएफका जवान चढेको बस टुक्रा–टुक्रा भएको थियो । यो बस सीआरपीएफको ५४औँ बटालियनको थियो ।भारतीय प्रहरीले बताए अनुसार आदिल अहमद डार गत वर्ष जैश-ए-मोहम्मदको आतंकवादी समुहमा सामेल भएका थिए। सुरक्षा अधिका रीको भनाइ अनुसार आदिललाइ केहि समय पहिले भारतीय सैनिकले घेराबन्दीमा लिएका थिए तर उनि त्योबेला बाँच्न सफल भएका हुन ।आत्मघाती हमला भन्दा पहिले रेकर्ड गरिएको भिडियोमा आदिलले भारत सरकारलाइ गाली गरेका छन् । उनले बाबरी मस्‍ज‍िद को कुरापनि यस भिडियोमा उठाएका छन्।

आदिलले भारतीय सीआरपीएफका चडेका गाडीमा आइइडी बम हमला गरेको केहि समयमै जैश ए मोहम्‍मदले आदिल डारको भिडियो अपलोड गरेर घटनाको सम्पूर्ण जिम्मेवार लिएका थिए। भिडियोको पृष्ठभूमिमा जैश ए मोहम्‍मदको ब्यानर पनि देखाईएको छ।त्य स्तै भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आक्रमणलाई कायरताको संज्ञा दिँदै घटनाबाट आफू निकै दुःखी भएको बताएका छन् ।

Must View