नागरिक पोष्ट News


लुम्बिनी विश्व शान्ति मञ्चको विश्व संयोजकमा निलकण्ठ पौडेल

3.1K

विश्वभर शान्ति, सद्भाव र सहअस्तित्व कायम गर्न स्थापित संस्था लुम्बिनी विश्व शान्ति मञ्च ( Lumbini World Peace Forum ) LWPF ले सामाजिक क्षेत्रमा क्रियाशील चर्चित सामाजिक अभियन्ता तथा अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका केन्द्रीय अध्यक्ष निलकण्ठ पौडेललाई Global Co-ordinator For Disability related programme अर्थात विश्व संयोजक, लुम्बिनी विश्व शान्ति मञ्च अपाङ्गता कार्यक्रमको पदमा आज नियुक्त गरेको छ। यसैगरी प्रवास संयोजकमा पोर्चुगलमा कार्यरत समाजसेवी लुमाकान्त रिजाल “लक्ष्मण” लाई लुम्बिनी विश्व शान्ति मञ्च युरोपको जिम्मेवारी सहित नियुक्त गरेको छ ।

लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष बासु गौतमले दुबै व्यक्तित्वहरुलाई नियुक्ति पत्र दिदै अब बिश्वभर शान्ति, सद्भाव, सहअस्तित्व र अपाङ्गता भएका व्यक्तिहरुको सिप, कला र ज्ञानलाई विश्वभर लगि उनीहरुमा रहैको क्षमता प्रदर्शन समेत गर्ने छौ भन्नुहुँदै अध्यक्ष गौतमले अपाङ्गता भएका व्यक्तिहरुसँग काम गर्न पाउदा खुसी लागेको बताउनुभयो ।

यसैगरी लुम्बिनी विश्व शान्ति मञ्च र राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र काठमाडौंको संयुक्त आयोजनामा विश्व शान्ति, गौतम बुद्ध र अपाङ्गता झल्किने गरी अपाङ्गता चित्रकला वर्कसप कार्यक्रम यही फाल्गुन १७ गते अर्थात मार्च -१ गते वृहत चित्रकला वर्कसप कार्यक्रम गर्ने निर्णय गरेको छ ।

Must View