नागरिक पोष्ट News


नेपाली भाषा हराउँदै छ बिलाउदैछ ! बचाउने कसरी ?

576

 अधिकांस अङ्ग्रेजी माध्यमबाट पढाई हुने हाम्रो देशमा नेपाली भाषाका किताबहरु पर्याप्त छैनन् ।  कुनै पनि भाषा बलियो हुन त्यस भाषामा डाक्टर, इन्जिनियर  आदि  व्यावसायिक  पढ्ने किताबहरु हुनु आवश्यक छ । जुन नेपालीमा पाउन गाह्रो छ । बुद्ध जान्मेको नेपालमा बुद्ध को सुत्र र शास्त्र पढ्न पर्‍यो भने तिब्बती भाषा , थाई भाषा , बर्मी भाषा, सिंहल भाषा, हिन्दी, चाइनिज,अङ्ग्रेजी, संस्कृत वा पाली आदि भाषा जान्नै पर्ने हुन्छ । नेपाली मात्रै जानेर बुद्ध को किताबहरु पढ्छु भन्दा किताब हातमा गन्न सकिने किताबहरुमात्रै छन् ।

बुद्ध को किताब ८४ हजार धर्म स्कन्ध  कहिले अनुबाद हुन्छ होला । भानुभक्त आचर्य ले रामायण महाभारत लेखेर नेपाली लाई एकीकरण गरे भन्ने भनाइ छ । याद रहोस् रामायण र महाभारत महाकाब्य मात्रै हुन हिन्दु धर्ममा मुख्य मुख्य ग्रन्थहरु पनि संस्कृत अथवा हिन्दी मा प्राय छन् । एक मात्रै हिन्दु राष्ट्र भनेर सपना देख्नेहरुले हिन्दु धर्म को बिश्वबिद्यालय खोल्न नसक्नु र हिन्दु ग्रन्थहरु नेपाली मा नपाउनु ले अनुसन्धान गर्ने अध्यन गर्नेहरुले संस्कृत नजानी नेपाली मात्रै जान्नाले हिन्दु धर्म नै बुझ्न गार्‍हो हुने देखिन्छ । यसरी २५० बर्ष आगाडी सबै अन्य भाषालाई आक्रमक रूपमा मिचेर सरकार को दबाबमा नेवार, तामाङ, आदि जनजाती माझ आएको नेपाली भाषा किताबहरुको कमि का कारण कम्जोर भाषा को रुपमा रहेको छ र सबै नेपालीले डाक्टर इन्जिनियर बन्न लाई मात्रै नभैइ बुद्ध को शिक्षा र ऋषिमुनि हरुको शिक्षा सिक्न पनि अङ्ग्रेजी र संस्कृत सिक्न बाध्य छन् । त्यसैले नेपाली भाषालाई धनी बनाउने तिर सबैको ध्यान जान आवश्यक छ। 

Must View