नागरिक पोष्ट News


जनकपुरमा ‘भ्यालेन्टाईन डे’ होईन, ‘आमाबुवा पूजन डे’ मनाइयो

2.1K

जनकपुरधाममा पश्चिमी सभ्यता प्रणय दिवसलाई मात दिँदै ‘आमावुवा पूजन डे’ मनाइएको छ । युवायुवतिहरुले १४ फेरबरीको दिन भ्यालेनटाईन डे अर्थात प्रणय दिवस मनाईरहदा जनकपुरधाम स्थितको राधाकृष्ण योग सेवा केन्द्रले जनकपुरमा आदर्श आमा बुबाको दिव्य पूजन गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ को हनुमाननगर स्थित राधाकृष्ण योग सेवा केन्द्रको आयोजनामा संस्थाका अध्यष योग गुरु बिनय भाईको अध्यक्षता तथा प्रदेश नं. २ प्रमुख रत्नेश्वरलाल कायस्थको प्रमुख आतिथ्यमा आमा बुबालाई पुजा गरी दिव्य पूजन गरिएको हो ।

कार्यक्रममा बृद्धा आश्रमका बृद्धाहरुलाई पुजा तथा सम्मान गरिएको छ । प्रणय दिवसमा युवा युवतीले प्रेम गरी मनाउने होईन कि बुबा आमालाई प्रेम र पुजा गरी मनाउनुपर्ने उद्देश्य सहित कार्यक्रम आयोजना गरेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का प्रमुख कायस्थले आमा बुबाको पुजन गर्ने यस दिवसलाई आदर्श चरित्र निर्माण दिवसका रुपमा ग्रहण गर्न आवश्यक रहेको बताए । उनले आफुभन्दा ज्येष्ठलाई सम्मान तथा सानालाई आशिर्वाद दिने जस्ता सँस्कारको क्रम बृद्धि हुन सके समाजमा असल चरित्र निर्मा ण हुने बताएका छन् ।

साथै माता पिताको कहिल्यै पनि चित्त दुखाउन नहुने धारणा राख्दै आमा बुबालाई श्रद्धापुर्वक सम्मान तथा पुजा गर्नुपर्ने बताए ।कार्यक्रममा अध्यक्षता गरेका योग गुरु बिनय भाईले माता पितालाई अनादर गर्न नहुने भन्दै सम्मा गर्न श्रवणकुमार बाट हामीले पाठ सिक्नु पर्ने बताएका छन । सँसारमा आमाभन्दा ठुलो माया र प्रेम कसैको हुन नसक्ने दावी समेत गरे । त्यसैले आमाको सम्मान तथा पुजा पाठ गर्नुपर्ने धारणा राखे ।त्यस्तै, कार्यक्रमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले मधेशमा दहेज, बालबिवाह जस्ता कुसंस्कारहरु बढ्दै गईरहेको प्रति चिन्ता व्यक्त गर्दै यसलाई निर्मुल पार्न आवश्यक रहेको बताए ।

त्यस्तै , बृद्धाहरुलाई बृद्धा आश्रममा बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।सेवाकेन्द्रले चारवर्षदेखि आमा बुबा पुजन समारोहको आयोजना गर्दै आएको छ । कार्यक्रममा गौसंरक्षण मञ्चका अध्यक्ष जग्दीश महासेठ, योग गुरु बिमल पंडित, सामाजिक अभियन्ता भो गेन्द्र लाल कर्ण, तथा साधक साधिकाहरुको उपस्थिति रहेको थियो ।

Must View