नागरिक पोष्ट News


रामेछापका समाजसेवी दम्पती : ३२ लाख खर्चेर शिव मन्दिरको गजूर उचाले

3K

रामेछापका समाजसेवी एक दम्पतीले व्यवहारमा देखाएका छन् ।कमाउने बेलामा मात्र हैन, रोग लागेर थलिएका बेलामा पनि उमाकुण्ड ६ गुप्तेश्वरका ८५ वर्षीय मानबहादुर सुनुवार र ७८ वर्षीया दालकुमारी सुनुवार समाजसेवाका लागि हात फैलाइरहेका छन् ।उमेर जति ओरालिँदै गएको छ, सामाजिक कामका उनीहरूको लगाव उत्तिकै उकालिएको छ ।

उनीहरूको उमेर हुँदादेखि थालेको सामाजिक कामबाट विश्राम लिएका छैनन् । सडक, विद्यालय, मन्दिर, तालिम केन्द्र, संस्थागत सहयोग, स्वास्थ्यचौकी र विद्यालयलाई जग्गादान जस्ता कार्यमा उनीहरू उल्लेख्य सहयोग गर्दै आएका छन् । रस्नालुदेखि गुप्तेश्वरसम्मको सडक निर्माणमा पनि सुनुवार दम्पतीको उल्लेख्य योगदान रहेको छ ।

पछिल्लो पटक गाउँमै उनीहरूले ठूलो धार्मिकस्थलको विकास गरेका छन् । झन्डै ३२ लाख खर्चेर शिव मन्दिरको गजूर उचालेका हुन् । मन्दिर निर्माणमा लागेको सबै रकम उनीहरूको व्यक्तिगत सम्पत्ति हो ।मन्दिरमा शिव, गणेश, सूर्य, कृष्णजी र भगवान् गौतमबुद्धको मूर्ति राख्ने व्यवस्था गरिएको छ ।

Must View