राष्ट्रिय फूल लालीगुराँसका यस्ता छन् अपत्यारिला गुणहरू
काठमाडौँ- राष्ट्रिय फुल भनेर चिनिने लालीगुराँस रँगमा उतिकै राम्रो र त्यतिकै मात्रामा उपयोगि पनि मानिन्छ । पहाडि भेगको भिरको जङ्गलमा यो फुल फुल्ने गर्छ । यो फुल फुल्दा जङ्गलको हराभरा र जङ्गलको रोकन नै मिठास पूर्ण हुन्छ । यसले रमझम फुलेका थरिथरिका लालिगुरासले बनको चराचुरुगीलाई लँट्ठ बनाएको हुन्छ ।
यस फुलमा हाम्रो नाता सम्वन्ध जोडिएको हुन्छ । यो राष्ट्रिय फूल भएकाले हामि नेपाालीले सम्मान गर्ने छौ । लालीगुराँसको जुस हाम्रो स्वास्थ्यका लागि पनि फाइदा छ । लालिगुराँस फुल औषधीको रुपमा लाभदायिक मानिन्छ । यसबाट अरु फाइदा लिन पनि सकिन्छ । रातो रङको लालीगुराँसमा पोषकतत्वले भरिपूर्ण रहेको मानिन्छ ।
यसमाऔषधीय गुणपनि त्यतिकै मात्रामा रहेको छ । यसले कलेजो मृगौला रोगको फाइदा गर्छ । गुराँसको फुलले हृदय रोग पनि निको हुन्छ । उच्च रक्तचापको नियन्त्रण गर्नको लागि पनि लालिगुराँस लाभदायक रहेको छ । गुराँसको फुल घरको मुल ढोकामा सजाउनाले घरमा नकारात्मक उर्जाहरु हटेर जाने र सकारात्मक उर्जा पैदा हुने मान्यता रहेको छ ।