४ रेक्टर स्केलको भूकम्पको धक्का: केन्द्रबिन्दु काठमाडौंको किर्तिपुर आसपास
4K
काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । 2075 शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ । यो गोरखा भूकम्पकै पराकम्प भएको समेत केन्द्रले बताएको छ ।किर्तिपुर आसपास केन्द्रबिन्दु भएको ४ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नागरिकलाई जानकारी दिए।