नागरिक पोष्ट News


भारतीय रियालिटी शोमा, जजलाई नै नेपाली बनाइदिने नेपाली बालक आयुष (भिडियो सहित)

4K

भारतको टेलिभिजन च्यानल ‘जी टिभी’ को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’ मा सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने वर्ष १२ का आयुष केसी पूरा भारत र नेपालसमेत हाल विश्वभरि नै चर्चाको शिखरमा पुग्न सफल भएका छन्। बिहीबार मात्र जीटिभीले रिलिज गरेको प्रोमो र प्रस्तुति सामाजिक सन्जाल र डिजिटल मिडियामा भाइरल भएको छ। 

हेर्नुहोस् भिडियो प्रोमो –

सानैबाट संगीतमा रुचि राख्ने आयुष तीन वर्षको उमेरदेखि गीत गाउँन थालेको आयुषका बुवा रामकृष्ण केसीले बताए। उनले संगीत सिक्न थालेको ५वर्ष भयो। आयुषलाई हाल सुरशाला म्युजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीले संगीत सिकाइ रहेका छन्। आयुष घरका कान्छा छोरा हुन्। अहिले उनी भक्तपुरको मोर्डन स्कुलमा कक्षा ७ मा पढ्दैछन्। बाबा टुुर गाइड हुन् भने आमा गृहणी। 

यस रियालिटी कार्यक्रममा अर्का नेपाली बालप्रतिभा प्रितम आचार्य पनि सँगै छन्। यो यात्रामा पुग्नु अघि आयुष केसीले धेरै चरण पार गरेका हुन्। सारेगमपाले पहिलो चरणमा सुरशाला म्युजिक एकेडेमीमार्फत भिडियोबाट अडिसन लिएको थियो। सुरशाला म्युजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो।

दिल्लीमा अडिसन दिन आयुष र प्रितमसँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए। ‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउण्डकोलागि मुम्बई गए। त्यसपछि ‘कलिङ राउण्ड’ अनि ‘मेगा अडिसन’मा छानिएर टप ३० मा पुगेका हुन्।

Must View