नागरिक पोष्ट News


पश्चिमी वायुको प्रभाव : शुक्रबार र शनिबार देशभर वर्षा रहने, हिमाली क्षेत्रमा हिमपात

2.8K

पश्चिमी वायुको प्रभावले शुक्रबार र शनिबार बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म जारी रहने र आइतबारदेखि मौसममा सुधार आउने उनको भनाइ थियो । अघिल्लोपटक देखापरेको पश्चिमी वायुले तीन दिनसम्म देशैभर बदली र वर्षा गराएको थियो । उक्त प्रणाली कमजोर भएको चारदिनमै पुनःपश्चिमी वायु नेपालको आकाशमा देखापरेको हो 

बिहीबार काठमाडौँको न्यूनतम सात र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रह्यो । महाशाखाको पछिल्लो विवरणअनुसार डडेलधुरामा सात, वीरेन्द्रनगरमा पाँच र दाङमा एक मिलिमिटर वर्षा भएको छ । 

महाशाखाका खनुसार शुक्रबार देशभर सामान्यतया बदली रहनेछ भने पश्चिमी भेगका अधिकांश र मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । 

आगामी ४ गते शनिबार पनि देशका अधिकांश स्थानमा बदली र पश्चिम, पूर्वी तथा मध्य नेपालका पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

Must View