नागरिक पोष्ट News


इनर ह्विल कल्ब अफ किर्तिपुरको आयोजनामा स्तन क्यान्सर र रजोनिबृति सचेतना मुलक कार्यक्रम सम्पन्

2.7K

किर्तिपुर वडा नं २ मा सो नगरका महिला दिदीबहिनीहरुलाई इनर ह्विल कल्ब अफ किर्तिपुर को आयोजनामा एक दिने स्तन क्यान्सर र रजोनिबृति सचेतना मुलक तालिम सो सस्थाको चार्टर प्रिसिडेन्ट श्री राज्य लक्ष्मी बैदारको सभापतित्वमा सो तालिम प्रदान गरिएको थियो ।  उक्त कार्यक्रममा किर्तिपुर नगरपालिका वडा नं. २ का वडा अधयक्ष श्री रमेशमान डंगोल को प्रमुख आतिथ्य रहेको थियो । सो कार्यक्रममा बोल्दै यस्ता कार्यक्र निशुल्क हुनु पर्ने र यसले महिला दिदी बहिनीहरुलाई उनीहरुको स्वास्थय स्थीति बुझ्न सहयोग पुग्ने हुदा यस्तो कार्यक्रम गरेकोमा आयोजक टिमलाई धन्यवाद समेत दिदै भन्नुभयो आगामी दिनमा पनि यस्तो कार्यक्रमको आवश्यकता पर्दा नगरपालिकाबाट पनि आफुले सकेको सहयोग प्रदान गर्ने भन्दै आफ्ना भनाई राख्नु भयो ।त्यस्तै गरी र्कितिपुर हस्पितलकी सिनियर गाईनोलिष्ट पेरु प्रधानले पनि यो कार्यक्रम महत्वपुर्ण भएको बताउनु भयो । प्रमुख प्रशिक्षक डा.विशाल कार्र्कीले स्तन तथा रजोनिबृति सचेतना सम्बन्धी तालिम दिदै महिलाहरुलाई यस प्रति सचेत हुन आग्रह गर्नु भयो । त्यसै गरी आहार विशेषज्ञ मिरा शाह कार्यक्रम सयोजकत्वको भुमिका निभाउदै यस्तो कार्यक्रम सबै नगरमा आवश्यक भएको बताउनु भयो । त्यस्तै स्वागत मन्तव्यमा शुसिला मान्नधरले दिनुभएको थियो भने कार्यक्रम संचालन अनुष्का मानन्धर गरेकी थिइन् ।

Must View