नागरिक पोष्ट News


चुम्बन गर्ने ? १४ थरी चुम्बन तरिका यी हुन्

3.7K

 चुम्बन अर्थात किस दुई व्यक्तिको ओठ जोड्नुलाई बुझाउँछ, सबैले बुझेको यही नै हो । के हो त चुम्बन ? अथवा कसरी गर्न सकिन्छ चुम्बन ? कहाँ गर्न सकिन्छ चुम्बन ? यहाँ उल्लेख गर्न खोजिएको विषय हो १४ थरीका चुम्बनबारे ।

के के हुन् त १४ थरी चुम्बन ? १. अधर चुम्बन– यो चुम्बन एउटा सामान्य बौद्धिक चुम्बन हो । यो सामान्यतस् साथीलाई गरिन्छ । यद्यपि यो प्रेमीलाई गरिने चुम्बनको सुरुवात पनि हुनसक्छ ।

२. हातमा चुम्बन– हातको पछाडि तथा औंलाको बीचमा गरिने चुम्बनले प्रशंसालाई बुझाउँछ । यो पनि एक प्रकारले सामान्य र सभ्य चुम्बन हो ।

३. एस्कियो चुम्बन– यो मायालु खालको चुम्बन हो । यो चुम्बन प्रायः आमाबाबुले साना नानीबाबुहरूलाई गरेको पाइन्छ । वयस्कहरूमा यसलाई रोमान्टिक चुम्बनका रूपमा लिइन्छ ।

४. फ्रेन्च किस– फ्रेन्च किस जिब्रोको क्रियाकलापसँग सम्बन्धित हुन्छ । यसमा दुईवटा जिब्रोको सक्रियताले उनीहरूको भावना प्रकट गर्छ ।

५. सिंगल लिप किस– यो एउटा सूक्ष्म चुम्बन हो । एक–एकवटा ओठमा गरिने यो चुम्बनले प्रेमी–प्रेमिकाबीचको पारस्पारिक सहयोगलाई बुझाउँछ । यसबाट उनीहरू एक–अर्कामा कति सहयोगी छन् भन्ने कुरा बुझ्न सकिन्छ ।

६. एयरबल किस– एयरबल किसलाई सबैभन्दा संवेदनशील चुम्बनका रूपमा लिइन्छ । यो कान र कानको वरपरको भागमा गरिने चुम्बन हो । यो प्रेमीहरूबीचको सबैभन्दा रोमान्टिक चुम्बन हो ।

७. बटरफ्लाई किस– दुई जना आमुन्ने–सामुन्ने भएर आँखीभौंमा गरिने चुम्बनलाई बटरफ्लाई किस भनिन्छ । यस किसिमको चुम्बनले एक–अर्काको आन्तरिक इसारालाई बुझाउँछ र मायामा पागलपन जगाउँछ ।

८. लिंगरिङ चुम्बन– ओठमा ओठ जोडेर लामो समय गरिने चुम्बन नै लिंगरिङ किस हो । यो चुम्बन पूर्ण रूपमा एक–अर्कालाई उत्तेजनामा ल्याउन र मायाको गहिराइमा र्पुयाउन गरिन्छ ।

९. गालामा चुम्बन– अर्ध रूपमा अँगालो मारेर गालामा गरिने चुम्बनले गहिरो मायालाई जनाउँछ । यस प्रकारको चुम्बन प्रायस् भेट हुँदा वा बिदाइका बेला गरिन्छ ।

१०. लिभ मार्क किस– यसलाई लिपिष्टिक किस पनि भनिन्छ । युवतीहरूले ओठमा लिपिस्टिक लगाएर युवाहरूको गाला, घाँटी वा ओठमा चुम्बन गर्दा त्यसको दाग बसेको हुन्छ । यो कुनै आवेग–संवेगभन्दा पनि सामान्य खेल जस्तो हुन्छ ।

११. सेक्रेट म्यासेज किस– युगल जोडीहरू भावनात्मक रूपमा नजिक भएपछि शारीरिक रूपमा एक हुन तयार भएका वेला यो चुम्बन आदान–प्रदान हुन्छ । दम्पती वा स्थायी प्रेममा परेकाहरू यो चुम्बन गर्छन् ।

१२. लिजार्ड किस– यसमा युगल जोडीको जिब्रो मुखभित्र बाहिर गर्न छेपाराले जिब्रो निकालेजस्तै गरिन्छ । यो मायाले भरिएको चुम्बनले स्वर्गीय आनन्दको अनुभव गराउँछ ।

१३. एयर किस– सेलिब्रेटीहरूले आफ्ना प्रशंसक वा प्रशंसकले सेलिब्रेटीहरूप्रति शुभेच्छा प्रकट गर्न यस्तो चुम्बन गरेको पाइन्छ । टाढैबाट गरिने यो किसलाई रोमान्टिक मानिँदैन ।

१४. स्युडेक्टिभ किस– यसलाई मदहोस बनाउने किसका रूपमा लिइन्छ । थोरै मुख खोलेर गरिने यो चुम्बन अरुलाई आफूप्रति आकर्षण गर्न प्रयोग गरिन्छ । यस्तो किसबाट विपरीत लिंगी साथी आफ्नो बसमा आउँछन् ।

Must View