नागरिक पोष्ट News


सरकारको एक वर्ष : देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन गर्दै (पूर्णपाठ)

2.1K

काठमाडौं । सरकारले एक बर्षे कार्यकालको प्रगती विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्रीले केपी शर्मा ओलीले आफ्नो एक बर्षे कार्यकालको प्रगती विवरण सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री तथा मत्रीपरिषद्को कार्यालयबाट विहिबार देशवासीको नाममा सम्बोधन गर्दे वर्तमान सरकारको एक बर्ष संङघीयता, सुशासन र समृद्धिको आधार बर्ष भएको दाबी गरेका छन्। आफु नेतृत्वको एक बर्षको अवधिमा विकासका लागि कयौ आधार श्रृजना भएको भन्दै उनले यस बर्षलाई विकासको आधार बर्ष भएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थल २२ घण्टा संञ्चालन भएको तथा मुलुकभरका विमानस्थलमा भएको प्रगती, जलविद्युत् आयोजनाहरुको निर्माण कार्य र प्रगती, सडक विस्तार र स्तरोन्नती, पक्की पुल, झोलुङगे पुल, रेल मार्ग निर्माण, तुईन विस्थापन लगायतको फेयरिस्त पनि प्रस्तुत गरे ।

छिमेक नीति र परराष्ट्रनीतिमा उल्लेख्य परिर्वतन भएको भन्दै उहाँले सबै संग गहिरो मित्रता कसैसंग पनि छैन शत्रुता भन्ने नाराका साथ सरकार अघि बढेको स्पष्ट पारे । उद्योग तथा पर्यटन क्षेत्रको विस्तार र विकास, धान मकै लगायत तरकारीको उत्पादन,खाद्यान्न संकट हुने जिल्लामा यसबर्ष खाद्यान्न संकट नभएको, कृषि आधुनिकीकरण अन्तरगतका कार्यक्रम, साना किसानको ऋण मिनाहा, बैदेशिक रोजगारीमा जानेको संख्यामा कमि आएको, रेमिट्यान्स वृद्धि भएको देखि बाघको संख्या बढेको समेत प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरे ।

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या शिघ्र समाधान गरिने उल्लेख गर्दै उनले यसबर्ष ३ सय ९ वटा खानेपानी योजना निर्माण भईसकेको स्पष्ट पारे । 

प्रधानमन्त्रीको सम्बोधनको मूलपाठ यस्तो छ । 

Must View