नागरिक पोष्ट News


प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, बेरोजगारी भत्ताको लागि यी प्रक्रियाहरु पूरा गर्नुपर्ने

2.7K

सरकारले यसरी बेरोजगारी भत्ता या १०० दिनको कामको लागि भने केही प्रक्रियाहरु भने पूरा गर्नुपर्ने देखिएको छ । सरकारले दिएको जानकारी अनुसार आफ्नो विवरण देखाउनेदेखि सरकारले रकम भुक्तानी गर्ने समयसम्म विभिन्न चरणहरु पास गर्नुपर्ने हुन्छ । 

सबैभन्दा पहिले सरकारले वडा कार्यालय मार्फत् बेरोजगारको फारम भर्ने कामहरु गर्दछ । सो फारममा विभिन्न शर्त तथा बन्देजहरु राखिएको हुन्छ । सो शर्तसँग मेल खाने व्यक्तिको मात्रै फारमबाट अन्य प्रक्रिया अघि बढ्छ । वडा कार्यालयबाट प्राप्त फारम भरेर रोजगार सेवा केन्द्रमा बुझाउनु पर्ने हुन्छ । त्यो हरेक स्थानीय तहको केन्द्रमा हुन्छ भने त्यसको संयोजक चयनको प्रक्रिया सरकारले अघि बढाईसकेको छ । यसरी यो फारम रोजगार संयोजकलाई बुझाउँदासम्म दोस्रो चरणको काम सकिन्छ । 

त्यस्तै गरी तेस्रो चरण अन्तर्गत् सरकारले ती फारमहरुमार्फत् कुन् आवेदक वास्तविक वेरोजगार हो ? त्यो पहिचान गरी बेरोजगारहरुको सूची सार्वजनिक गरिन्छ । यसरी तय गरेको सूची सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्ने हुन्छ । स्थानीय तहले निर्णय गरेपछि मात्रै सो सूची आधिकारिक मानिन्छ । स्थचानीय तहले सो सूची अनुमोदन गर्दासम्म चौथो चरणको काम सम्पन्न हुन्छ । 

यसरी स्थानीय तहले सूची सार्वजनिक गरेपछि सो विवरण रोजगार व्यवस्थापन सूचना प्रणालीमा सुरक्षित गरिन्छ । यसरी रोजगारीको सबै विवरणहरु संकलन भईसकेपछि सरकारले रोजगार आयोजनाहरुलाई उनीहरुको योग्यता अनुसारको कामको लागि श्रमिक रोजगार सेवा केन्द्रमा माग गरी पठाउँछ । 

यहीबीचमा लाभग्राहीहरुलाई परिचयपत्र वितरण कार्य पनि गरिन्छ । यसरी सरकारले रोजगारी केन्द्रमा रोजगारीको विवरण माग गरी पठाएको विवरण आएपछि मानिसको योग्यता अनुसार काममा पठाईन्छ । लाभग्राही परिचयपत्र काममा जाने कर्मचारीलाई साथमा दिएर पठाईन्छ । 

यसरी बेरोजगारहरुले सरकारले पठाएको ठाउँमा गएर काम गर्नुपर्ने छ । यदि सरकारले भनेको ठाउँमा काम गर्न नगएको खण्डमा सरकारले आगामी दिनहरुमा विभिन्न चरणका कारबाहीहरु गर्न सक्ने प्रावधान छ । 

यसरी काममा पठाईएका व्यक्तिलाई बैंक खाता मार्फत् भुक्तानी दिईन्छ । रोजगारदाताहरुले कामदारको अनिवार्य बैंक खाता खोल्नै पर्नेछ । यसरी रोजगारीको अवसर दिन नसकेको बेरोजगारहरुलाई भने सरकारले तोकेको रकम सिधै बैंकखाता मार्फत् भुक्तानी गरिदिने सरकारी तयारी छ । 

 

Must View