नागरिक पोष्ट News


चन्दागिरी नगरपालिकामा एक दिने बिद्यालय स्तरिय लागू औषध दुर्व्यसन बक्तृत्वकला सम्पन्न

5.1K

चन्दागिरी नगरपालिका  तथा जागरण महिला बिकास समाज नेपालको सयुंक्त आयोजनामा चन्द्रागिरी नगरपालिका वडा न ९  स्थित श्री नारायन जन माध्यामिक बिद्यालयमा अन्तर माध्यामिक बिद्यालय स्तरिय लागू औषध दुर्व्यसन न्यूनिकरणमा यूवा बिद्यार्थिहरुको भूमिका बिषयक बक्तृत्वकला सम्पन्न भएको छ।

उत्तm कार्यक्रमामा १६ वटा बिद्यालयका ३१जना बिद्यार्थीले भाग लिएका थिए। कार्यक्रममा प्रथम दितिय, तृतिय हुने बिद्यार्थीलाइ क्रमश रु ७,०००र,५,०००र,३,०००र तथा सान्त्वना १ जनालाइ रु २,०००र  नगद पुरस्कारको साथै सिल्ड तथा पदकको बितरण गरिएको थियो। कार्यक्रममा ज्ञान सुधा एकेडेमी,रिम्स स्कूल, न्यू होराइजना स्कूल तथा मातृ अरबिन्द स्कूलका बिद्यार्थिहरु क्रमश प्रथम दितिय, तृतिय तथा सान्त्वना पुरस्कारको लागी छानीएका थिए।

कार्यक्रममा प्रमुख अतिथी चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको उत्त कार्यक्रममा साथै चन्द्रागिरीका प्रहरि, समाजसेवीहहरु, बिद्यालयका शिक्षक बिद्यार्थि तथा महिला अभिभावकहरुको समेतको उपस्थीतिमा सम्पन्न कार्यक्रमबाट दिनहु बढ्दै गइरहेको लागू औषध तथा मदिरा समेतको बारेमा युवाहरुमा चेतना पुग्ने र  समाजमा त्यस्ता पदार्थको प्रयोगमा कमि हुने अपेच्छ्या राखिएको छ।लागू औषध उपचार तथा पुर्स्थापना केन्द्रहरुको समेत सहभागीता रहेको कार्यक्रममा लागू औषध दूरुपयोग नियन्त्रण सम्वन्धी चेतना मुलक पर्चा ब्यानर तथा फ्लेक्स ब्यानरको प्रयोगक साथै गृह मन्त्रालयबाट प्राप्त सुरक्षित जीवन तथा अन्य चेतनामूलक सामाग्रीहरु समेत बितरण गरिएको थियो ।

Must View