नागरिक पोष्ट News


डिएसपी कृष्ण पगेनी ' उत्कृष्ट अनुसन्धानकर्ता’ राष्ट्रपति भण्डारीबाट पुरस्कृत

3K

 डिसपी कृष्ण पगेनी उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रही इमान्दारीता, लगनशीलता एवं दक्षतापूर्वक आयोगको अनुसन्धान कार्यमा पुर्याएको योगदानको कदर गर्दै पगेनीलाई आयोगले पुरस्कृत गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसको सन्दर्भमा राष्ट्रपति भण्डारीबाट पगेनीले नगद रु.२५ हजार र ताम्रापत्र सहित ‘उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ प्राप्त गरेका छन् । 

रुपा गाउँपालिका–५ देउराली, कास्कीका पगेनी २०५५ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए । उनले जिल्ला प्रहरी कार्यालय कास्की, धुनषा र महनगरीय प्रहरी परिसर हनुमानढोका काठमाडौँमा अनुसन्धान अधिकृतका रुपमा काम गरेर नेपाल प्रहरीभित्र छुट्टै छवि बनाएका छन् । डेढ वर्षयता उनले अख्तियार अनुसन्धान आयोगको कार्यालय, टंगालमा रही डिएसपीका रुपमा अनुसन्धान गरिरहेका छन् ।

Must View