नागरिक पोष्ट News


छिट्टैै भुल्ने बानी छ ? यसरि बढाउनुहोस् स्मरणशक्ति !

3.1K

एक अनुसन्धाबाट पैष्टिक तत्वको कमि भएको कारण यस्तो समस्याहरु देखिने गरेको पाइएको छ । त्यसकारण आज हामी तपाईहरुलाई स्मरण शक्ति बढाउनको लागि कस्तो खानेकुराहरु खाने भन्ने बारे बताउन गइरहेका छौँ । जुन खानेकुराहरुको नाम नै ब्रेन फुड रहेको छ ।

गोलभेँडाः गोलभेँडामा प्रोटिन, भिटामिन जस्ता विभिन्न किसिमका लवण तत्व पाइन्छ । त्यतिमात्र हैन गोलभेँडामा पाइने लाइकोपिन तत्वले शरिरलाई स्वतन्त्र रेडिकल्सको सुरक्षा दिने भएकाले मस्तिष्क कोषको क्षयिकरणलाई राक्छ ।

ओखरः हरेक दिन ओखरको सेवन गर्नाले स्मरण शक्ति बढ्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फइबर, एन्टि अक्सिडेन्ट जस्ता तत्वहरु पाइन्छ ।

स्ट्रबरीः स्ट्रबेरीमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइने भएकाले मष्तिस्कका कोषहरुलाई क्षति हुनबाट बचाउँछ ।

दहीः विभिन्न किसिमका लवण तत्वहरु पाइने दहीले शरिरका हानीकारक जीवाणुलाई नष्ट गर्छ । दहीमा पाइने एमिनो एसिडले दिमागी तनाव कम गर्नुको साथै स्मरण शक्तिलाई बढाउँछ ।

जाइफलः जाइफलले चिसोलाई मात्र बचाउने नभएर मष्तिस्कलाई स्वस्थ राख्न र स्मरण शक्तिलाई बढाउन सहयोग गर्छ ।

तुलसीः मसलाको रुपमा प्रयोग गरिने तुलसीको पात दिनको २,३ पत्ता आँदा छिटै भुल्ने समस्या भएका व्यक्तिको लागि राम्रो हुन्छ ।

अलैँचीः प्रसस्त मात्रामा प्रोटिन पाइने भएकाले अलैँचीको सेवन गर्दा मस्तिष्कलाई स्वस्थ राख्न सकिन्छ ।

चियाः नियमीत रुपमा चिया,कफी, बेसार, दालचिनी, मरिचको सेवन गर्दा मस्तिष्कको क्षमता बढ्ने विभिन्न परिक्षणहरुबाट प्रामाणित भएको छ ।

Must View