अब दिल खोलेर रुनुहोस् ! रुनुको यस्ता फाइदै फाइदा
सुखमा होस् वा दुःखमा हामी रुन्छौं । रुनु कमजोरी होइन । बरु स्वाभाविक मानवीय प्रवृत्ति हो । तर, आज हामी भन्छौं, रुन हुँदैन । रुनु भनेको कमजोरी देखाउनु हो ।
तर, अध्ययनले भन्छ, रुनुपर्छ । रुनु एक प्राकृतिक उपचार हो । हाँस्दा मात्र होइन, रुनु पनि फाइदाजक छ ।
रुनुको फाइदामाथि शोध
जापानको एक हाइस्कुलका शिक्षक हिदेफुमी योशिदाले पाँच-५ बर्षदेखि रुनुको फाइदामाथि शोध एवं प्रयोग गरेका छन् । उनको प्रयासको फलस्वरुप त्यहाँ उनलाई टीयर्स टिचर्सको रुपमा चिन्न थालिएको छ । योशिदालाई जापानी कम्पनी एवं विद्यालयमा उच्च माग हुन थालेको छ । उनले विद्यालय एवं कम्पनीमा पुगेर रुनुको फाइदा बताइरहेका छन् ।
जापान सरकारको पहल
योशिदाले रोएर तनाव भगाउने जुन प्रयोग गरेका छन्, त्यसमाथि तोहो विश्वविद्यालयका मेडिसिन फ्याकल्टी प्रमूख प्रोफेसर हिदेहो अरिटाले पनि सोध गरेका छन् । यी दुबैको प्रयोग र अध्ययनबाट सावित भएको छ कि, हास्नु र सुत्नुको तुलनामा रुँदा चाडै तनाव हट्छ । हप्तमा एक पटक रुँदा तनावमुक्त जीवन पाउन सकिन्छ ।
उनीहरुको सोधबाट प्राप्त नतिजालाई देखेर जापान सरकारले सन् २०१५ मा ५० भन्दा बढी कर्मचारी भएको कम्पनीका लागि तनावमुक्त हुनका लागि अनिवार्य रुपमा त्यस किसिमको अभ्यास गर्नुपर्ने बताएको छ ।
मनोचिकित्सक पनि रुन सल्लाह दिन्छन्
रुँदा तनाव कम हुने सम्बन्धलाई लिएर १६ बर्षअघि ३० देशमा एक सर्वे भएको थियो । यस सर्वेमा सहभागी ६० प्रतिशत बढीले मानेका थिए कि, तनाव हटाउनका लागि रुनु एक उपयोगी विधी हो । त्यसैगरी विश्वका ७० प्रतिसत मनोचिकित्सकले तनावसँग जुधिरहेका मानिसलाई रुनका लागि सल्लाह दिएका छन् ।