नागरिक पोष्ट News


संसदमा शिक्षिकाको अनुभव : सांसदको स्वविवेक खोसिएको छ - प्रमीला यादव

3.1K

प्रमीला यादव यसअघि जनता मावि भोकराहमा प्रधानन्याध्यापक थिइन्। शिक्षण पेशामा भएपनि उनको रुची भने राजनीतिमा थियो।   प्रमीलाले २०७४ को संसदीय निर्वाचन पछि माघ महिनामा शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरिन्। हाल उनी राष्ट्रियसभामा संघीय समाजवादी फोरमको संसदीय दलको नेता छिन्।

 शिक्षिका प्रमीलाको राजनीतिक यात्रा

एक शिक्षकको तहबाट समाज रुपान्तरणका लागि जे गर्न सकिन्थ्यो त्यसका लागि मैले हदैसम्मकोे पहल लिएँ। तर मलाई लाग्यो शिक्षण पेशा भन्दा राजनीतिमै प्रवेश गरेर समाज रुपान्तरणका लागि धेरै काम गर्न सकिन्छ। त्यसैले म राजनीतिमा प्रवेश गरेँ। शिक्षण पेशाबाट मेरो यात्रा राजनीतितर्फ मोडियो र आज राष्ट्रिय सभा सदस्यको रुपमा संसदमा प्रतिनिधित्व गरिरहेकी छु।

संसद छिरेकी एक शिक्षिकाको राजनीतिक अनुभव

सांसदको स्वविवेक खोसिएको छ

म संघीय समाजवादी फोरमको राष्ट्रिय सभामा संसदीय दलको नेता पनि हो। यही कारण कार्यव्यवस्था समितिमा पनि म सदस्य छु। सांसदहरु स्वतन्त्रपूर्वक निर्णय लिन सक्ने हैसियत राख्दैनन् भन्ने मलाई अनुभव भएको छ।

एउटा उदाहरण हेरौं। त्यहाँ कानुन मन्त्रीले नियम निलम्बनको कुरा गर्नु भयो। अध्यक्षले पनि अबदेखि नियम निलम्बन नगर्ने प्रतिबद्धता गर्नु भएको थियो। तर, सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक आएपछि नियम निलम्बन गरेर पारित गरियो।

माथि शीर्ष नेताबीच के छलफल वा सहमति हुन्छ त्यही अनुसार नै सिंगो संसदले पनि काम गर्ने रहेछ। यसरी त संसद स्वतन्त्र कसरी रहन्छरु यहाँ त के देखियो भने राज्यका सबैजसो अंगमा एउटै जातिको बाहुल्यता छ। उनीहरुले आफू अनुकुल हुने कुुरालाई जसरी पनि लागू गर्ने जस्तो देखियो। जस्तो वाइड बडी प्रकरणमा त्यत्रो भ्रष्टाचार भएको छ। चौतर्फी विरोध भयो। तर अहिले यो प्रकरण एकाएक बन्द भयो किन भयोरु यो सोचनीय विषय हो। यस्ता धेरै विषय संसदलाई थाहा नै नदिइ हुने रहेछन्।

संसद भनेको कानुन निर्माण गर्ने थलो पनि हो। तर यहाँ प्रक्रिया पुर्याएर विधेयक ल्याएको जस्तो मलाई लागेको छैन। कम्तिमा पनि एउटा विधेयक परिपक्व हुन ७२ घण्टा लाग्छ। तर संसदमा पनि नियम निलम्बन गरेर विधेयक पारित गरिन्छ। यसरी निर्माण गरेको कानुन कतिको दिगो हुन्छरु सांसदहरुले विधेयक अध्ययन गर्ने समय नै पाउँदैनन्। यो विषयमा हामीले राष्ट्रियसभाध्यक्षको ध्यानाकर्षण पनि गराएका छौं।

Must View