फेसन सम्मानको : हिजोआज पैसा दिएपछि सम्मान र अवार्ड पाइन्छ रे !
अवार्ड कार्यक्रम निष्पक्ष नभएको कलाकारहरुबाटै गुनासो आउने गर्छ। अवार्ड पैसा तिरेको भरमा दिइने गरेको कतिपय अवार्डका आयोजकहरुले आरोप खेप्ने गरेका छन्
- नागरिकपोष्ट टिप्पणी
सम्मान र अवार्डको कार्यक्रम अहिले हप्तैपिच्छे हल, पार्टी प्यालेसमा भइरहन्छ । अनि सोसल मिडियामा देखाउनैका लागि भएपनि सम्मान र अवार्डको कार्यक्रम गरिन्छ । भने सम्मान लिनेहरु पनि पैसा तिरेरै भएपनि सम्मान लिन तयार हुन्छन् । समाजको बिभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरु राज्यको स्थान नपाउँदा सामाजिक तवरबाट हुने कार्यक्रममार्फत आफ्नो प्रोफाइल देखाउन सम्मान र अवार्डका कार्यक्रममा आउने गरेका भेटिन्छन् । यसरी बिभिन्न सामाजिक संस्थाहरुले बिभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई एक्स्पोज गराउनु भने नराम्रो होइन, तर कतिपय अवस्था दशकौ समाजमा योगदान पुर्याएकाहरुलाई राज्यले समेत चिन्न नसक्दा देखाउनकै लागि भए पनि पटक पटक एउटै व्यक्तिलाई बिभिन्न कार्यक्रममा सम्मान र अवार्ड दिने परिपाटी भने राम्रो पक्कै होइन ।
यो पनि पढौ न पैसा तिरेको भरमा अवार्ड पाइन्छ ?कार्यक्रमका लागि यो त्यो वहानामा केही रकम सहयोग दिएर भए पनि बिभिन्न मन्त्रीहरुबाट सम्मान लिने अहिलेको फेसनले राम्रो सन्देश पक्कै दिदैन । समाजमा राम्रो काम गर्नेलाई हौसला र प्रोत्सहान भने दिनुपर्दछ तर पैसाकै लागि सम्मान र अवार्डका कार्यक्रम भने नगर्दा नै वेश हुन्छ । मिडिया र मिडियाकमीृहरुले पनि समाजमा काम गर्नेहरुलाई उनीहरुको कामको हौसला र प्रेरणाका कथा व्यथाहरुलाई उच्च प्राथमिकताका साथ प्रकाशन र प्रसारण गर्नु नै उचित सम्मान हुन्छ ।