नागरिक पोष्ट News


यू–ट्यूबले प्य्रांक, विभत्स दुर्घटना र चरित्र हत्या लगायतका भिडियो र च्यानल हटाउदै

3.1K

यू–ट्यूबले विश्वभरबाट अपलोड भएका गुणस्तरहिन भिडियो हटाउने र त्यस्ता च्यानललाई प्रतिबन्ध गर्ने तयारी थालेकोछ । भ्यूज र सब्सक्राइबर बढाउनेदेखि राम्रो आम्दानी हुने भएपछि प्रयोगकर्ताहरु गुणस्तरहिन भिडियो बनाइरहेको यू–ट्यूबले जनाएको छ ।  यू–ट्यूबलाई अश्लिलता, बालबालिकामा मनोवैज्ञानिक डर तथा छाडापनलाई प्रश्रय दिएको आरोप लाग्ने गरेको छ । त्यस्ता भिडियो हटाउन र च्यानल प्रतिबन्ध लगाउन अनुसन्धान थालेको यू–ट्यूबले जनाएको छ ।

यू–ट्यूबले सूचना मूलक, सन्देश मूलक, मनोरन्जनात्मक तथा सृजनात्मक सामाग्रीमात्र अपलोड गर्न आग्रह गरेको छ ।

यू–ट्यूबमा प्य्रांकको नाममा ज्यान जाने गरेको, घातक दुर्घटना हुने गरेको तथा चरित्र हत्या भएको सूचना प्राप्त भएलगत्तै आफूहरु त्यस्ता गतिविधि हुन नदिने पक्षमा रहेको यू–ट्यूबका अधिकारीहरुले बताएका छन् । विश्वमा हाल प्य्रांकको नाममा चरित्र हत्या गर्ने खालका भिडियो, च्यालेन्जको नाममा खतरनाक गतिविधि गर्ने लगायतका भिडियो यू–ट्यूबमा अपलोड हुने गर्दछन् ।

Must View