नागरिक पोष्ट News


मनको मन : कुनै बेला मेरो मन, पंक्षीसरि उडी रहन्छ

3.2K

यो मन जति रोए पनि

जति मनमा पहिरो गए पनि

आखिर मनले नि

मनलाई ख‍ोजी रहन्छ

~पुष्पा दुलाल

आज म रूममा बसी रहेँ

मेरो मनमात्र घुम्न गयो

बाहिर कल्पनाको दुनियाँमा

कुनै बेला मेरो मन

इन्द्रधनुषभन्दा छिटो

वायुभन्दा तेज उडेर

खुला आकाशको वातावरणमा

पक्षीसरि निश्फिक्री उडी रहन्छ

यो मन पनि कस्तो हो

कति प्रयास गर्दा पनि

सम्हालिन्न मन नलागे छोडेर जान्छ

मन लागे मसँगै हिँड्छ

यो मन जति रोए पनि

जति मनमा पहिरो गए पनि

आखिर मनले नि मनलाई ख‍ोजी रहन्छ

आखाँका आँसू त सबैले देख्छन्

मन रोएको कसले देख्छ र!

छायाको पनि छाया हुन्छ रे

के मनको पनि मन हुन्छ र!

आखिर यो मनले पनि

अर्को मन खोजिरहेको हुँदोरहेछ

जहाँ गएर लडे पनि

जहाँ चिप्लिएर गिरे पनि

आफ्नो मनलाई आफैँ

सम्हाल्न पर्ने रहेछ!

Must View