नागरिक पोष्ट News


लागुऔषधसहित चारजना पक्राउ, युवाहरुमा लागुऔषको प्रयोग बढ्दो

1.8K
  •  आलोक यादव, सिरहा

प्रहरीले सिरहाका छुटाछुटै दुई स्थानबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेका छन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले चेकजाँचको क्रममा सिरहा नगरपालिका १७ पटेर्वाबाट एक जनालाई र नेपाल प्रहरीको अर्को टोलीले सिरहा नगरपालिका १५ बाट तीन जनलाई लागुऔषधसहित पक्राउ गरेको हो। धनुषाको जनकनन्दनी गाउँपालिका २ का १९ वर्षीय बब्लुकुमार यादवलाई संयुक्त प्रहरी टोलीले स ९ प ५४३१ नम्बरको पल्सर मोटरसाइकलमा लागुऔषध लिएर भारतबाट नेपाल आउँदै गर्दा पक्राउ गरेका छन्। प्रहरीले उनको साथबाट फेनारगन १९९ एम्पुल, डाइजिल्याब १९९ एम्पुल र नुफिन २०० एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जिवन श्रेष्ठले जानकारी गराए।

१५ मिनेटकै फरकमा प्रहरीको अर्को टोलीले सिरहा नपा १५ बाट चेकजाँचको क्रममा उदयपुरको कटारी नगरपालिका ४ का ३४ वर्षीय बाबा तामाङ, सिरहा नपा १ का २१ वर्षीय गणेश पासमान र सोही ठाउँका १८ वर्षीय राजेश पासमानलाई १४ पिस नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको छ। यिनीहरु पनि भारतबाटै लागुऔषध लिएर आउँदै थियो। प्रहरीले हिजो (सोमबार ( पनि सिराहाकै नरहा गाउँपालिका–३ स्थित नयाँ चोहर्वा सडकखण्डबाट दुई युवक लागुऔषधसहित गोलबजार नगरपालिका वडा नं. ८ बस्ने २२ वर्षीय दिपेन्द्र यादव र उदयपुरको कटारी नगरपालिका वडा नं. १ बस्ने २५ वर्षीय गोकर्ण थापालाई चेकजाँच गर्ने क्रममा स २ प ४४७९ नम्बरको मोटरसाइकलमा आएका दुबै जनाको साथबाट प्रहरीले डाइलेक्स डिसी ९१ बोतल, नाइट्रोसन २० चक्की र पेन्टालब २१ एम्पुल लागुऔषध सहित पक्राउ गरेको थियो उनीहरुलाई लागुऔषध तथा ओसार पोसार मुद्दामा अदालतमा पेश गर्ने एसपी जिवन श्रेष्ठले बताए।

 

Must View