नागरिक पोष्ट News


जयविष्णु नेपाली : प्रहरीको एउटै युनिटमा १७ वर्ष बिताउने पहिलो पुलिस अफिसर

4K

जयविष्णु नेपाली जसले नेपाल प्रहरीको एउटै युनिटमा १७ वर्ष बिताए । त्यसैले जयविष्णुलाई १७ वर्ष प्रहरीको एउटै युनिटमा काम गर्ने पहिलो पुलिस अफिसर भन्दा फरक नपर्ला ।

२०३५ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका उनले एसपी भएर ०६६ सालमा अवकास लिए । तर, अवकास पाउनुपूर्वका १७ वर्ष प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत् उनी सिन अफ क्राइम (सोको) अफिसर उत्पादनमा जुटिरहे । उनको बेला बखत दरबन्दी नफेरिएको पनि होइन तर, हरेक पटक काजमा प्रतिष्ठानमै ल्याइए ।

यो पनि पढ्नुहोस ‘क्राइम सिन फोटोग्राफी’मा २९ वर्ष

बेलायतको ‘इन्स्टिच्यूट अफ क्रिमिनलोजी एन्ड फरेन्सिक साइन्स’मा दुई जनालाई सोको अफिसर तालिमको अवसर मिल्यो । अपराधस्थलको काम प्राविधिक प्रकृतिको भएकाले विज्ञान संकाय अध्ययन गरेका प्रहरीहरु प्राथमिकतामा परे ।

२०४६ सालमा प्रहरी निरीक्षक बनेर एकडेमीमै कार्यरत प्रहरी निरीक्षक जयविष्णु नेपाली र महेशविक्रम शाह उपयुक्त ठहरिए ।

सोको अफिसरको मुख्यतः तीन किसिमका जिम्मेवारी हुन्छन्– ‘क्राइम सिन फोटोग्राफी’, ‘फरेन्सिक एभिडेन्स कलेक्सन’ र ‘फिङ्गर प्रिन्ट सर्च एन्ड एक्जामिनेसन ।’

राम्रो तालिम पाएका नेपालीले बेलायतका प्रहरीसँग प्रयोगात्मक शिक्षा लिने अवसर पनि पाए ।

Must View