नागरिक पोष्ट News


सिरहामा लागुऔषधसहित दुई युवक पक्राउ

1.8K
  • आलोक यादव , सिरहा 

सिरहाको नरहा गाउँपालिका–३ स्थित नयाँ चोहर्वा सडकखण्डबाट दुई युवक लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका वडा नं. ८ बस्ने २२ वर्षीय दिपेन्द्र यादव र उदयपुरको कटारी नगरपालिका वडा नं. १ बस्ने २५ वर्षीय गोकर्ण थापालाई पक्राउ गरेको हो । चेकजाँच गर्ने क्रममा स २ प ४४७९ नम्बरको मोटरसाइकलमा आएका दुबै जनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी जिवन श्रेष्ठले जानकारी दिए । एसपि श्रेष्ठका अनुसार उनीहरुको साथबाट प्रहरीले डाइलेक्स डिसी ९१ बोतल, नाइट्रोसन २० चक्की र पेन्टालब २१ एम्पुल लागुऔषध बरामद भएको छ । ‘पक्राउ परेका अभियुक्तहरुमाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले बताएका छन् ।

लाखौं बराबरको अबैध हाडवेयरको समान बरामद

जिल्ला प्रहरी कार्यालय सिरहा मातहत सिमा प्रहरी चौकी झाझपट्टी सिराहा बाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको सामान बरामद गरेको छ । प्रहरीले करिब दस लाख बराबरको हाडवेयरको समान सहितबरामद गरेको छ । मरामद गरिएको समान भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपि धव राज खरेलले जानकारी दिए ।

Must View