चर्चित कलाकार बीएस राणाको ७८ बर्षको उमेरमा निधन
काठमाडौं– नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् । राणाको केही समयदेखि बिरामी थिए । राणाको ७८ बर्षको उमेरमा निधन भएको हो ।
उपचारको क्रममा उनको मुटुमा पनि समस्या देखिएको थियो । उनले अभिनय गरेको पहिलो चलचित्र ‘अन्याय’ हो । वि।सं २०४१ सालमा बनेको यो चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले सय भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले केही टेलिसिरयलमा पनि अभिनय गरेका थिए ।
उनले अभिनय गरेका चलचित्रहरुमा ‘दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिने वुझिएको छ ।