नागरिक पोष्ट News


आशा लघुवित्तको IPO माघ २२ गतेसम्म, १ हजारमा न्यूनतम १० कित्ता लागि मात्र आवेदन

3K

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओमा पहिलो दिन नै  ७८ हजार ८ सय २१ आवेदकबाट २० लाख १९ हजार २ सय १ कित्ताका लागि आवेदन परेको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ३७० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । तर, लघुवित्तमा लगानीकर्ताको अचाक्ली आकर्षण हुने भएको र गोलप्रथामार्फत सेयर बाँडफाँड गर्दा धितोपत्रको सार्वजनिक निश्कासन निर्देशिका अनुसार न्यूनतम १० कित्ता मात्र पर्ने भएकोले कम्पनीको आइपीओमा १० कित्ताका लागि मात्र आवेदन दिए पुग्छ । यसको अर्थ साथमा १ हजार रुपैयाँ हुनेले समेत यो कम्पनीको आइपीओ भर्न पाउनेछन् । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरको कुल ६ लाख ७४ हजार कित्ता आइपीओ निश्कासन गरेको हो । आइपीओमा माघ २२ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ । 

कुल निश्कासन हुने आइपीओमध्ये १० हजार ३ सय ७० कित्ता आशा लघुवित्तका कर्मचारीका लागि, ३३ हजार ७ सय कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ता सर्वसाधारण लगानीकर्ताका लागि सुरक्षित गरिएको छ। 

Must View