चिसोबाट छालालाई बचाउँने यी ६ घरेलु उपायहरु
ब्यूटी एक्सपोर्टका अनुसार घरम रहेका सामाग्रीहरुको प्रयोगले पनि फेसीयल जसलाई २ वा ३ पटक प्रयोग गरी अनुहारको ग्लो बढाउन सकिन्छ ।
१. दही र बेसारको फेस प्याकः
एक चम्चा बेसार र एक चम्चा दही मिसायर अनुहारमा लगाउनुहोस । १५ मिनेट पछि अनुहार धुनुहोस् यसले छालामा निखार ल्याउँछ ।
२. बेसार र महको फेस प्याकः
मह र बेसारमा थोरै गुलाब जल मिसाउनुहोस् । यसलाई आफ्नो घाटी र अनुहारमा लगाउनुहोस । यसले अनुहारको रिङकल्स हटाउँछ ।
३. आलु र दहीको फेस प्याकः
एउटा आलुलाई मिक्सरमा हालेर धुलो बनाउनुहोस् र त्यसको धुलो एक चम्चा र एक चम्चा दही मिसाउनुहोस् । यसरी तयार पारिएको पेस्टलाई अनुहारमा लगाउनुहोस् । १५ मिनेट पछि धुनुहोस् । छालाको रङ्ग नै बद्लीने छ ।
४. महको फेस प्याकः
एक चम्चा महमा २ चम्चा पानी मिसाउनुहोस् । त्यसलाई राम्रोसँग घोलेर अनुहारमा लगाउनुहोस र केही समयमा धुनुहोस् । यसले तपाइको छालामा निखार आउने छ ।
५. गाजर फेस प्याकः
२ वटा गाजरलाई घुलो बनाएर त्यसमा आधा चम्चा मह मिसाउनुहोस् । त्यसलाई आनुहारमा १५ मिनेटसम्म राखेपछि पानीले धुनुहोस् ।
६. बेसार र चन्दनको फेस प्याकः
थोरै बेसार र चन्दन मिसाउनुहोस् । यसले अनुहारमा २ देखि ३ मिनेटसम्म मसाज गर्नुहोस । १० मिनेट पछि अनुहार धुनुहोस् । यसो गर्दा अनुहारको चमक बढ्ने छ ।
र यो पनि पढ्नुहोस :
मुल्तानी मिट्टीको यस्तो राज जसले बनाउँछ अनुहारलाई चम्किलो र बेदाग, एकपटक प्रयोग गरौँ यो फेसप्याक
अनुहार नै ढाक्ने गरी चायाँपोतो वा कालो दाग छ? यो गोप्य घरेलु फेसियल गर्नुहोस्