नागरिक पोष्ट News


हिमालयन बैंकको बित्तिय अबस्थामा उल्लेख्य प्रगति, १ अर्ब १६ करोड मुनाफा आर्जन सफल

2.2K

काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रेमाससम्म १ अर्ब १६ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.८१ प्रतिशतले बढी हो ।

बैंकको खूद नाफातर्फ भने २३.६२ प्रतिशतको प्रगति भएको छ । अघिल्लो वर्ष १ अर्ब १० करोड रहेको खूद नाफा बढेर यो वर्ष १ अर्ब ३६ करोडको उचाईमा पुगेको हो । 

अघिल्लो वर्ष १ अर्ब ५२ करोडमा सीमित संचालन मुनाफा बढेर यो वर्ष १ अर्ब ९६ करोडको उचाईमा पुगेको छ ।

व्यवसाय बिस्तारमा बैंकले राम्रै प्रगति गरेको देखिएको छ । फलस्वरुप खूद ब्याज आम्दानी ३३.३७ प्रतिशतले वृद्धि भई १ अर्ब ८६ करोडबाट बढेर २ अर्ब ४९ करोड पुगेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ६ अर्ब निक्षेप संकलन गरी ९८ अर्ब ८३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप १४.५४ प्रतिशतले बढाएको यो बैंकले कर्जातर्फ भने २०.४१ प्रतिशतको प्रगति देखिएको हो ।

चुक्तापूँजी ५ प्रतिशतले बढेको यो बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २७.२६ रुपैयाँबाट बढेर ३२.०९ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७१.२० रुपैयाँ पुगेको छ । 

अघिल्लो वर्ष १.३२ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर १.२५ प्रतिशतमा झरेको छ ।  

Must View