नागरिक पोष्ट News


अमेरिकामा अन्टार्ककटिका भन्दा चिसो, तापक्रम माइनस ४० देखि ७० सम्म पुग्ने चेतावनी

2.4K

अमेरिकामा दशकौंपछि सबैभन्दा जाडो भएको छ । उत्तरी ध्रुवबाट सुरु भएको समुद्री आँधीले अमेरिकाको मध्यपश्चिम राज्यमा जताततै बरफ जमेको छ । यसलाई ‘पोलर भर्टेक्स’ भनिएको छ ।

यसको कारण अमेरिकाका ९ करोडभन्दा बढी जनता शून्यदेखि माइनस १७ डिग्री तापक्रमको जाडो सहन बाध्य छन् । पोलर भर्टेक्सका कारण तापक्रम माइनस ४० देखि माइनस ७० डिग्री सेल्सियससम्म पुग्ने सक्ने मौसम विभागले चेतावनी दिएको छ ।

विद्यालय, व्यापारिक प्रतिष्ठान, सरकारी कार्यालयहरु बन्द छन् । मध्यपूर्व राज्यमा सयौंको संख्यामा उडानहरु रद्द भएका छन् ।

शिकागो शहरको तापक्रम शून्यदेखि ३० डिग्री सेल्सियस भन्दा पनि कम छ । शिकागोमा नदीसमेत जमेको छ । शहरका मेयरले घर बाहिर ननिस्किन शहरबासीलाई अपिल गरेका छन् ।

मध्यपश्चिम राज्यहरु विस्कान्सिन, मिशिगन र इलिनायका साथै प्राय गर्मी रहने दक्षिणी राज्य अलबामा र मिसिसिपीमा आपतकाल घोषणा गरिएको छ ।

मौसम विभागका अनुसार हिउँको वर्षा जारी रहने छ र धेरै क्षेत्रमा २४ इन्चसम्म हिउँ जम्नसक्ने अनुमान छ ।

मौसम पूर्वानुमान गर्नेहरुका अनुसार अमेरिकाको सबैभन्दा व्यस्त शहरमध्येको एक शिकागोमा आगामी दिनमा अन्टार्ककटिकामा भन्दा पनि बढी जाडो हुनसक्ने छ ।

अमेरिकाका १० राज्यहरु इलिनोय, आयोवा, मिनिसोटा, नर्थ डाकोटा, साउथ डाकोटा, विसकन्सिन, क्यानसस, मिजौरी र मोन्टानामा हिउँ वर्षा जारी छ ।

Must View