नागरिक पोष्ट News


गज़ल:-हे ! वीर मेरो छ सधैँ सलाम

3.3K

कोमल गज़ल:-

प्यारो छ तिम्रो अनमोल नाम 

बिर्सिन्न कैले महिमा र काम

माया गर्‍यौ देश र देशवासी  हे !

वीर मेरो छ सधैँ सलाम

हल्ल्यो जरा क्रूर नृशंसताको 

ल्यायौ विहानी झलमल्ल घाम

स्वाधीनता आज दियौ सबैमा

  टुक्रा बनायौ बलको लगाम

हेलाँ गरे लाग्दछ पाप

ठूलो  नेपालका हौ तिमी चारधाम

स्वीकार सम्मान शहीद !

मेरो  'श्रद्धाञ्जली' दिन्छु गरी प्रणाम

(५ मा विश्राम) 

-कोमल भट्ट

चन्द्रागिरी नगरपालिका-१३

पुरानो नैकाप,काठमाडौँ

हाल:- न्युयोर्क,अमेरिका

Must View