नागरिक पोष्ट News


मान्छे मान्छे नै हो, सधैँ अछूत देख्छौ : भेदभाव किन ?

4.1K

सधैँ अछूत देख्छौ

मान्छे भएर मान्छेलाई

फेरि किन यति धेरै भेदभाव?

जात-पातको !

~पुष्पा दुलाल

रगत तिम्रो पनि रातो छ

मेरो रगत पनि रातो छ

तिमी छौ

मजस्तै अनि म छु तिमीजस्तै

फेरि किन यति धेरै भेदभाव?

जात-पातको !

मलाई सधैँ अछूत देख्छौ

मान्छे भएर मान्छेलाई

परगेल्ने बानी तिम्रो

तिमीमात्र भात खानेजस्तो

मैले चाहिँ

घाँस खाएजस्तो गर्छौ

मैले छुँदा

अपवित्र तिम्रो पानी हुन्छ

त्यस्तो दुर्व्यवहार तिम्रो हुन्छ

सहनशीलताको तिमीमा

अभाव रहेछ

केवल शब्दमा मात्र

सीमित रहेछ

खोइ के भन्नु अब!

मभन्दा तिमीलाई

बिरालो प्यारो भएपछि

जब कि हामी दुवै मानव हौँ

काटे ‘नि म तिमीजस्तो न काटे ‘नि

तिमी मजस्तो

फरक केवल एउटा अगं छ

बाँकी त उस्तै रूप रगं छ

अनि फेरि किन पक्षपात?

जात-भातको

म जातको नीच मानिए’नि

ठूलो छ सोच मेरो

तिमी उच्च जातको ठानिए’नि

कति स्यानो छ

सोच तिम्रो....

Must View