नागरिक पोष्ट News


निल प्रसाद भण्डारी - ऐतिहासिक व्यक्तित्व , सामुदायिक वन अभियन्ता

4.2K

स्वास्थ्य लाभको कामना- निल प्रसाद भण्डारी (सामुदायिक वन अभियन्ता) =======================================================

एउटा ऐतिहासिक व्यक्तित्व (निल प्रसाद भण्डारी) जसले बहुत कठीन परिस्थितिमा नेपालमा सामुदायिक वनकाे सुरुवात गर्नु भयाे, सिन्धुपलाञ्चाेककाे ठाेकर्पाबाट । उहाँ जस्ता दुरदर्शी व्यक्तित्व जसकाे सिर्जनशील हात र कठाेर मेहनतले सुरुवात गरेकाे सामुदायिक वन आज झाँगिएर करीव २३ हजार आसपास पुगेर देशको एकतिहाई जनसंख्या समेटी सक्यो । आठ दशक काटिसकेकाे उहाँ बिरामी अवस्थामा समेत सामुदायिक वनकाे नाम लिदाँ हर्षासु बगाउनु हुन्छ, अनि त्यसै त्यसै जुर्मुराउनुहुन्छ । 

उहाँलाई सिघ्र स्वास्थय लाभकाे कामना गर्न वन तथा भू-संरक्षण विभागकाे महानिर्देशक डा. रामप्रसाद लम्साल, डा. अनुजराज शर्मा र टाेली उहाँकाे निजी निवास काेटेश्वरमा गई उहाँलाई भेटेर नै सुस्वास्थकाे कामना टक्रयायाे । उहाँ जस्ता अथक याेद्धा र सिर्जनशील द्रष्टालाई सम्पूर्ण वन कर्मी र सामुदायिक वन उपभाेक्ताहरुकाे तर्फबाट सम्मान प्रकट गर्दछाै र उहाँकाे सुस्वास्थ र दीर्घ जीवनकाे लागि श्री पशुपतिनाथ स‌ंग प्रार्थना गर्दछाै ।

Source : हेल्लो वनतथाभूसंरक्षण विभाग i

Must View