नागरिक पोष्ट News


महिला हिंसाको पराकाष्टा : काठमाडौंमा बसभित्रै यौनहिंसाको डरलाग्दो दृश्य - भिडियोसहित

6.2K

काठमाडौं । एक पुरूष बसको अन्तिम सिटमा बसेर मोबाइलबाट भिडियो खिचिरहेको हुन्छ। बसको अगाडिको ढोकाबाट एकजना सरकारी पोशाक लगाएकी र अर्की एकजना गरेर २ जना महिला बसमा चढ्छन्। मोबाइलबाट भिडियो खिचिरहेका पुरूषको अश्लिल हर्कत सायद ती दुबै महिलाको नजरमा पर्छ। उनीहरू अलमलाउँछन्। मुखामुख गरेर उनीहरू बसको अगाडिकै सिटमा बस्छन्।

अन्तिमको सिटमा बसेर मोबाइलमा भिडियो खिचिरहेको त्यो पुरूष स्वयंले लगाएको सुरुवाल खोलेर हस्तमैथुन गरिरहेको देखिन्छ। उसको त्यही दृश्य बसमा चढेका महिलाहरूले देखेर अत्तालिन्छन्। चढी सकेको बसबाट ओर्लन पनि असहज र बसमै रहन पनि असहज भाव उनीहरूको हाउभावमा देखिन्छ।

भिडियोमा हेर्नुस् बस काण्डको नालीबेलीः

हस्तमैथुन गरिरहेका त्यो पुरूषले केहीबेरमा एक युवती बस चढेको दृश्यतर्फ मोबाइल घुमाउँछ। ती युवतीले भने चाल पाउँदिनन्। त्यो पुरूषको अगाडिको सिटमा उनी बस्छिन्। अन्तिम सिटमा बसेर उसले उही अश्लिल हर्कत गरिरहन्छ र आफैले भिडियो खिचिरहन्छ।

एकछिनमै एक महिला र एक युवती बस चढ्छन्। दुवैजना त्यही पुरूष बसेकै लहरको सिटमा बस्छन्। अचम्म त के भने त्यो पुरूष आफ्नो हर्कतबाट रोकिदैन। उसको छेउमै युवती, त्यस उता महिला बसेका छन्, तर उसले अश्लिल हर्कत रोक्दैन, भिडियो खिच्दै हर्कत जारी नै राख्छ। अझ ति युवती तर्फ मोबाइल घुमाएर भिडियो खिच्ने आँट पनि गर्छ। ती दुवै महिला टिक्न नसकेर त्यहाँबाट उठेर अगाडिको सिटमा पुग्छन्। युवती एक स्टेप अगाडिको सिटमा हुन्छिन्, उसको हर्कत झनै ती युवती लक्षित बढ्दै जान्छ, अनि अगाडि बसेकी ती युवती त्यहाँबाट पनि उठेर हिँड्छिन्। उसले अगाडि बसेका महिलातर्फ लक्षित गरेर वीर्यपात गर्छ। त्यसपछि भिडियो सकिन्छन्।

प्रहरीले त्यो व्यक्तिको खोजि गरिरहेको र कसैले सो व्यक्ति चिनेको भए खबर गरिदिन अपिल पनि गरेको छ। प्रहरीको १०० मा वा ९८५१२८३०३२ नम्बरमा फोन गरेर जानकारी दिन प्रहरीले अपिल गरेको छ।

Must View