नागरिक पोष्ट News


प्रहरीको चासो : सार्वजनिक यातायातको अश्लील भिडियो बनाएर भाइरल बनाउने को ?

2.3K

सार्वजनिक यातायातको अश्लील भिडियो बनाएर समाजिक संजालमा भाइरल भएको भिडियोबारे नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता उत्तम राज सुवेदीले एक विज्ञप्ति जारी गर्दै उक्त भिडियोबारे सुक्ष्म अनुसन्धान भइरहेको बताएका छन्।

उक्त भिडियोलाइ लिएर किशोरी तथा युवतीहरुले महानगरिय अपराध महाशाखामाउजुरी दर्ता समेत गराएका थिए। 

सामाजिक संजालमा समेत उक्त हर्कतको विरोध भइरहेको छ। अश्लिल भिडियो वेबसाइटमा अपलोड भएको उक्त भिडियोमा सार्वजनिक यातायातमा एक पुरूषले युवतीको कपालमा विर्य स्खलन गरेका छन्।

banner

गाडीको सिटमा बसेका युवकले यौनङ्ग खेलाउँदै हस्तमैथुन गरिरहेका छन्। यो भिडियोमा सुनिएको संवाद अनुसार घटना काठमाडौं टेकु, डल्लु लगनखेल साइडमा चल्ने गाडीमा भएको हुन सक्ने बताइएको छ। गाडीमा अन्य यात्रु छेउको सिटमा भएको पनि देखिन्छ।

उक्त यवकले यो गरिरहेको देखेपछि महिला सिट छाडेर अघिको सिटमा सरेका छन्। उक्त भिडियो स्यमं व्यक्तिले नै खिचेको अनुमान गरिएको छ।

Must View