नागरिक पोष्ट News


हौसला : तिमीले बोलेका हरेक शब्दको प्रहार सहनसक्छु - पुष्पा दुलाल

3.3K

तिमी

मलाई सडकको फोहर जस्तै

कुल्चिने प्रयास गर

तर म

फेरि पनि धुलोजस्तै उठ्ने छु

-पुष्पा दुलाल

सहनशीलताको पनि

सीमा हुन्छ

कति गर्न सक्छौ गर अपमान

कटु र सेतो झुठको प्रयोगले

तिमीले

बोलेका हरेक शब्दको

प्रहार सहनसक्छु

तिमी

मलाई सडकको फोहर जस्तै

कुल्चिने प्रयास गर

तर

म फेरि पनि धुलोजस्तै उठ्ने छु

तिमीले

मलाई डुबाउने दुस्साहस गर

तर

हुरी चलेको बेला

अाकाशमा

चन्द्रमा र सूर्य उदाएजस्तै

म फेरि उदाउने छु

समुद्रमा

निरन्तर लहर उठेसरह

हमेशा

अाशाका साथ उभिने छु

तिमी

म भत्किएको हेर्न चाहेका हौला!

झुकेको मेरो शिर लोलाएका

मेरा आँखाहरूबाट

आँसूका थोपा खसेको

म दुःखी भएको हेर्ने

कुत्सित रहर तिम्रो

तर

दुःखमा पनि शिर ठाडो पार्ने बानी छ

मेरो मनभरि वेदना भए‘नि हाँसिराख्ने आदत छ

तिमीले

ममाथि गरेका अपमानहरूलाई

कुल्चिँदै

निरन्तर

हलचल समुद्रको लहरजस्तै

अद्भुत

उज्यालो सूर्योदयसँग

फेरि झुल्किने छु

पुर्खाले दिएको

अमूल्य उपहार

बोकेर

सपना अाशा र उमंगका

साथ फेरि म उठ्ने छु।

Must View