नागरिक पोष्ट News


८० हजार भन्सार छलीका समान यसरी बरामद

2K
  • आलोक यादव, सिरहा

 भारतवाट अवैध रुपमा भन्सार छलेर नेपाल ल्याउँदै गरेको गुटका सहितको समानहरु प्रहरीले बरामद गरेको छ । प्रहरीले सिमावर्ती भारतीय बजारबाट विभिन्न नाका भएर भन्सार छली गरेको समानहरु बरामद गरेको हो । भारतीय बजारबाट बीआर ३२ क्यू ४९२३ नम्बरको मोटरसाईकलमा भन्सार छलेर नेपाल ल्याउँदै गरेको खाने तेल ३ टिन, आलु चिप्स ४ प्याकेट, रजनीगन्धा र तुलसी पति सेट ८ सय ६४ पिस, राजनिवास गुटखा ३२ सय पिस, तुलसी ९८ पिस बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद भएको समानको बजार मोल ८० हजार ६ सय रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको समान र मोटरसाईकल जिल्ला भन्सार कार्यालय खैरटोकामा बुझाईएको छ । यस्तै ईलाका प्रहरी कार्यालय बरियारपट्टीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । अवैध घरेलु मदिरा उत्पादन गरिरहेको बरियारपट्टी गाउँपालिका ३ र ४ वडामा प्रहरी टोलीले कच्चा पर्दाथ २ सय लिटर र तयारी मदिरा १ सय लिटर बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रबक्ता तथा डिएसपि माधवराज खरेलले जानकारी दिनुभयो।

Must View