अपराधी संरक्षणमा प्रहरीको सहयोग रहेको जनगुनासो
- आलोक यादव, सिरहा
इलाका प्रहरी कार्यालय लहानले अपराधी संरक्षणमा सहयोग गरेको व्यापक जनगुनासो सुनिएको छ। प्रहरीले गलत गर्नेलाई कारवाही गर्नुपर्नेमा सरकारी कामकाजमा बाधा पुर्याउनेलाई समेत लहान प्रहरीले संरक्षण गरिरहेको देखिएको छ । लहान नगरपालिका वडा नम्बर २० को कार्यालयमा तालाबन्दी गर्नेहरु बिरुध कारवाही गर्न वडा समितिले निर्णय गरी निवेदन दिए पनि लहानका डिएसपी राजेश थापाले चासो दिएको देखिदैन । २० नम्बर वडाका वडा अध्यक्ष गणेश चौधरी भन्छन (निवेदन नदिदा निवेदन दिएन भन्ने डिएसपी राजेश थापाले अहिले निवेदन दिदा पनि कारवाही अगाडी बढाउन चाहेको छैनन् । प्रहरी अधिकृतकै व्यवहारका कारण अपराध गर्नेहरुको मनोबल उच्च भइरहेको बताए । वडा कार्यालयले लहान २० का रामअवतार महतो लगायतका चार जना बिरुध लहान प्रहरीमा लिखित उजुरी दिएका छन् । तर लहान प्रहरीले कारवाही गर्न तयार देखिएका छैनन् । पटक पटक झैझगडामा मुछिने राम अवतार महतो लगायतकालाई कारवाही हुनुपर्ने वडा समितिले निर्णय गरेपनि प्रहरीले भने आरोपितहरु राजनीतिक ब्यक्ति हुन वा होइन्न भने छुटयाउन लागेका छन् । रामअवतार महतो लगायतका समुहले माघ ४ वडा कार्यालयमा तालाबन्दी गर्दै कर्मचारीलाई दुरब्यबहार समेत गरेका थिए ।