नागरिक पोष्ट News


मुस्ताङमा हिमपातसँगै चिसोले जनजीवन प्रभावित

2.4K

मुस्ताङ । सुदुरपश्चिमका अधिकांश स्थानमा चिसोका कारण हिमपात परेसँगै हिमाली जिल्ला मनाङ मुस्ताङपनि हिउँका कारण प्रभावित बनेको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको छ ।

सडकमा एक फिटसम्म बाक्लो हिउँ परेपछि यातायात सेवा आवतजावत बन्द भएको छ । हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ यद्यपी बेनी–जोमसोम सडकको यातायात भने सुचारु रहेका छन् ।

चिसो बढेसँगै घर बाहिर निस्कन नसकिने भएसँगै यस क्षेत्रका बासिन्दा घर भित्रै आगो तापेर बसेका छन् । हिमपात र हल्का वर्षाका कारण चौपायाहरु चरनमा जान सकेका छैनन् अधिकांश स्थान सुनसान देखिन्छन् ।पर्यटकीयस्थल पनि सुनसान छन् । त्यस्तै जोमसोम–पोखरा हवाई उडान पनि हिमपात, हुरी र खराब मौसमका कारण अवरुद्ध भएको छ ।

सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ ।

किसानहरु भने वर्षा र हिमपातले सिँचाइ हुने र बालिनाली सप्रिने भन्दै हर्षित छन् ।

Must View