अलबिदा रमेश चालिसे ! हार्दिक श्रद्धान्जली !! पेसाले पत्रकार थिए, दुबै मृगौला फेल थिए
साभार : अनुराधा पौडेलको फेसबुक पेजबाट
Anuradha Poudel is with Ramesh Chalise.
डायलिसिस गर्दा गर्दै भएको सबै रित्तिसकेको थियो । उनी मर्नु न बाँच्नुको दोसाँधमा थिए । कहिले पत्रकार महासँघ, कहिले स्वास्थ्य मन्त्रालय त कहिले गृह मन्त्रालय र कहिले कुन नेता ! धाउँदा धाउँदा हैरान । उपचार खर्च बेहोर्न नसकेका कारण झुन्डेर मरुँ कि भन्थे । झुन्डेर होईन लडेर मर्नुपर्छ भनेर सँझाउने उनका साथीहरु मध्ये एक म पनि थिएँ । पत्रकार महासँघको केन्द्रिय कार्यालयमा आमरण अनसन बस्ने धम्की पनि दिन्थे उनी । आज पनि उहि गुनासो भोली पनि उहि गुनासो । उनले बसिखानै गरेनन । उनको बसिखान नदिने प्रण पछि बाध्य भएर पत्रकार महाँसघले पनि खर्च जुटाइदिन सबै सदस्यहरुलाई अनुरोध गर्यो । उनी मेरा असल पूर्व सहकर्मी पनि थिए ।
स्पेसटाईम दैनिकमा काम गर्दाका । उनको जीवनमा अप्रत्यासित रुपमा आएको यो दुखद घटनालाई मैले आत्मसात गरेँ र मैले पेरिसबासी साथिभाईसँग गुहार लगाएँ । केही रकम हाम्रो जोडीले पनि थप्यो र नेपाल पत्रकार महासँघलाई १३ जुन २०१२ मा त्यो रकम हस्तान्तरण गर्यौँ ।
( पेरिसमा चन्दा दिने साथिहरु पनि दुखी हुनुहोला शायद यो खबर पछि । प्रेम दाई, नेपाली एकता समाज पेरिस, तप्त भन्डारी, राम दाई, रोबिन जी, युवराज जी, अनिता दिदी ........आदि आदी )
उनका लागि अरु श्रोत र अरु देशहरु तथा महासँघका सदस्य र अन्य सहयोगीबाट पनि पनि पैसा उठ्यो । भारत गएर मृगौला फेरेर उनी फर्के । हामीहरु सम्पर्कमै थियौ तर त्यो बिरामी बेलादेखि हामीहरु नियमित सम्पर्कमा रह्यौँ । उनले मलाई केहि दिन अघिको बिहान अर्थात जनावरी नौ को बिहान मेसेन्जरमा निम्न मेसेज पठाएका थिए । (फोटो नम्बर दुई) । मैले धन्यबाद पनि भनेकी थिईन । भियाएकी थिईन । बाँकी थियो कुरा गर्न र दुई चार लाईन लेख्न । मृगौला फेरेपछि उनी ६ बर्ष पुरा बाँचे । उनी बाँचेर फर्केकोमा खुसीहरु हुने मध्ये म पनि थिएँ । पेरिसबासी हामी पनि थियौँ । उनका हरेक तस्बिर, हरेक मुस्कान, घुमफिर हेर्दा मलाई प्रत्येक पल मृत्युलाई जितीरहेको छ यो मानिसले ।
जीवन दानमा पायो, अहिले हाँस्न पायो भन्ने खुसीको अनुभुति हुन्थ्यो । उनका स्टाटस पढ्दा बाँचेको मानिसको अनुभूती जस्तो लाग्थ्यो किनकि उनको बँचाई र हाम्रो बँचाईमा भिन्नता थियो । हामी यसै बाँचेका छौँ । उनी बँचाईएका थिए । चन्दादाताहरुबाट । सबैभन्दा खुसी त उनकी आमा देखेर लाग्थ्यो । आमा त अजिब प्राणि हो, शक्ति हो, साथ हो, ममता हो, स्याहार हो, सँभार हो, साथी हो । सबै हो । रमेशकालागि आमा सवै थोक थिईन । सबै गुमाएर छोरालाई साथ दिएकी ! सँसारकी सबैभन्दा सुन्दर आमा मध्ये एक ! आमा प्रति नतमस्तक छु । उहाँको जस्तै सुन्दर ममतामयी आमा सबैको होउन् ! डायलसिसका अन्तिम अन्तिम बेला रमेश भन्थे, अनुराधा जी आमाले सिल्वरको ताप्केमा मलाई सुप बनाईरहनु भएको छ ।
मेरालागि आमाले सबै बेच्नु भयो र मेरै स्याहारमा उहाँको दिन बितिरहेछ ।यसो हेर्छु घरमा खानेकुरो पनि बाँकी छैन तर आमाले जुटाउँछिन् । मैले आमाको यो गुन तिर्न सकिन । रुन मन लाग्छ । तर उपचार पछि उनी नियमित जिबनमा फर्केका थिए । गुनासो थिएन । धर्म कर्म र घुमफिरमा मन थियो । आज सुनेँ रमेशले यो धर्ती छाडे । मोटरसाईकल दुर्घटनामा उनको ज्यान गयो ।
अब भन्न बाँकी केहि रहेन ! सोध्न बाँकी केहि रहेन ! रमेश जानु नै रहेछ गए । हार्दिक श्रदान्जली रमेश जी ! यति लेख्न पनि कठिन भएको छ ! बोझिलो भएको छ । अलि छिटो सँसार छाड्नुभयो रमेश जीले भन्ने अनुभुति भएको छ । तपाईको आमालाई, परिवारका अरु सदस्यलाई दुखबाट उत्रने शाहस जुटोस् । प्रार्थना छ । मेरो मेसेज बक्समा मेसेज पठाईरहने साथी घट्नु भएको छ ।
मृत्यु पछिको आत्मा रहने सँसारमा तपाईको बसाई सुखद होस् । अर्को जन्ममा आफ्नै आमाको कोखबाट जन्मनुहोस् ।
अल बिदा रमेश जी । (कृपया रीप नलेख्नुहोला । )