नागरिक पोष्ट News


 जेष्ठनागरिकद्धयबाट हेटौँडा आर्थोपेडिक अस्पतालको भव्यताकासाथ समुद्घाटन

4.5K

एक फरक तवरबाट  हेटौँडा आर्थोपेडिक अस्पतालको उद्घाटन २०७५ माघ ४ गते शुक्रबार गरिएको छ । मन्त्री होइन, नेता पनि होइन समाजका दुई जेष्ठ नागरिकको हातबाट अस्पतालको उद्घाटन भएको हो । मकवानपुर हेटौँडा उपमहानगरपालिका स्वर्गद्धारमा बनेको हेटौँडा आर्थोपेडिक एण्ड जनरल अस्पताल प्रा.लि. उद्घाटन जेष्ठ नागरिकद्धय श्री बैकुण्ठ मान श्रेष्ठ र विष्णु लाल श्रेष्ठ ज्यूको करकमलबाट गृहप्रबेश तथा अस्पतालको शुभारम्भ कार्यक्रम भव्यताकसाथ २०७५ माघ ४ गते सम्पन्न भयो ।

सो अस्पताल वरिष्ठ अर्थोपेडिक डाक्टर वसन्तमान श्रेष्ठ र डा. डिना श्रेष्ठको विशेष पहलमा बनेको हो । सामाजिक सेवाको रुपमा सञ्चालन गर्ने उद्दृश्यका साथ अस्पताल सञ्चालन गर्न लागिएको डा. डिनाले बताउनुभएको छ ।अस्पतालको  उद्घाटन तथा शुभारम्भ कार्यक्रममा सहभागी हुन काठमाण्डौँको बौद्धबाट वरिष्ठ समाजसेवीहरु दुर्गामान शाक्य,सुवासराज शाक्य , किरण रत्न शाक्य,इन्दिरा घले,राजेश्वरी श्रेष्ठ,जय प्रकाश श्रेष्ठ समाजसेवी तथा हेटौडाका वरिष्ठ पत्रकार सुमन लगायत स्थानीय बासिन्दाहरुको बाक्लोे उपस्थिती  रहेको थियो ।

काठमाण्डौँबाट गएका बरिष्ठ समाजसेवीहरुले सो उद्घाटन कार्यक्रम सकेर हेउमनपा १८ स्थीत नेवारपानी मा रहेको श्री सिर्जनशिल बौद्ध अनाथ प्राथमिक विद्दालय पुगी त्यहाँका वालवालिकाहरुलाई केही थान न्यानो कपडा बाडेका थिए । त्यस्तै गरि भोलिपल्ट  हेउमनपा वडा नं. १८ हर्नामाडी गुम्बाडाडामा २५ फिट अग्लो सिंगो ढुंगाँले बनेको बुद्धको प्रतिमा बनाउने ठाउँको स्थलगत निरिक्षण गर्न त्यहाँका सयोजक सुमन तथा वडा अध्यक्ष लगायतसगँ कुराकानी तथा छलफल गर्दे गर्दैे हेउमनपा का विभिन्न सास्कृतिक तथा पर्यटकीय स्थलहरुको भ्रमण गरी आज काठमाण्डौँ फर्केको छ । 

Must View