नागरिक पोष्ट News


घुमुवा प्रहरी ! को हुन् घुमुवा प्रहरी ?

3.2K

सामान्य रुपमा बुझ्दा घुमुवा सादा पोशाकका प्रहरी हुन् । उनीहरुलाई गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखिएको हो । तर, पछिल्ला वर्षहरुमा उनीहरु जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय छन् ।

इञ्चार्जसमक्ष पैसा पुर्‍याउने विश्वासिलो माध्यम बनेका छन्, उनीहरु । घुमुवा प्रहरी विशेषतः तराईका जिल्लामा बढी सक्रिय देखिन्छन् । सीमा नाकाबाट हुने चोरी, तस्करीमा उनीहरु जोडिँदै आएका छन् ।

घुमुवा प्रहरी !  उद्देश्य सही, काम ‘हप्ता असुली’ -Onlinekhabar.com

घमुवा प्रहरी भनेर छुट्टै दरबन्दी हुँदैन । जिल्ला प्रहरी कार्यालयहरुमा ५ देखि १० जनासम्म घुमुवा राखिएको देखिन्छ ।

राजधानीमै पनि प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्व हुने प्रहरी वृत्तदेखि प्रहरी निरीक्षकको कमाण्ड हुने प्रभागसम्ममा घुमुवा राखिएका छन् । कतिपयमा कार्यालयमा असईको कमाण्डमा उनीहरुलाई राखिएको छ भने केही वृत्तहरुमा हवल्दारको कमाण्डमा छन् । जिल्लामा भने प्रहरी निरीक्षकको कमाण्डमा पनि घुमुवा खटाइएका छन् ।

उपत्यकाका अधिकांश प्रहरी कार्यालयहरुमा दुईदेखि ५ जनासम्म घुमुवा परिचालित रहेको भेटिन्छ । स्रोतका अनुसार प्रहरी वृत्त, दरबारमार्ग, लैनचौर लगायतले ३ जना घुमुवा राखेका छन् भने महाराजगञ्ज, बानेश्वर लगायतका वृत्तमा दुई जना घुमुवा छन् ।

कोटेश्वर प्रहरी प्रभागमा भने एकजना प्रहरी जवान नै घुमुवा राखिएका छन् । उनी यसअघि लामो समय साह्रखुट्टे प्रहरी वृत्तमा घुमुवा बसेका थिए ।

केही घुमुवा प्रहरी एउटै प्रहरी अधिकारीको वरिपरि घुमेको पनि देखिन्छन् । अर्थात्, हाकिमको जता जता सरुवा हुन्छ, उनीहरुलाई पनि त्यतै लग्ने गरिएको छ ।

कतिपयको हकमा भने यो लागू हुँदैन । उनीहरुको जागिर जुन जिल्लाबाट सुरु भएको छ, त्यहीँबाट अवकाश भएका उदाहरणहरु पनि प्रशस्तै छन् । कहाँ–कहाँबाट रकम उठाउने गरिएको छ भन्ने उनीहरुलाई थाहा हुने भएकाले पनि घुमुवालाई सामान्य अवस्थामा सारिँदैन ।

यसरी प्रहरी कार्यालयहरुको नेतृत्व गरेका अधिकारीहरुले आफू निकटका अधिकारीलाई घुमुवा राखेर अनुकुलता अनुसार प्रयोग गर्दा उनीहरु बदनाम छन् ।

घुमुवाका उत्कृष्ट काम

घुमुवा प्रहरी राख्नु नराम्रो भने होइन । राम्रो अफिसर खटिएका ठाउँमा तिनै घुमुवाले उत्कृष्ट नतिजा पनि दिएका छन् । किनकि, उनीहरु त्यसक्षेत्रमा हुने अपराधिक गतिविधि र अपराधीबारे जानकार हुन्छन् ।

जनकपुरमा दिवेश लोहनी, उत्तम सुवेदी जस्ता अधिकारीहरुले नेतृत्व गर्दा राम्रो नतिजा देखिएको एक पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) स्मरण गर्छन् । अपराध अनुसन्धानमा उनीहरुलाई प्रयोग गर्दा त्यसको प्रतिफल पनि उत्कृष्ट आएको उदाहरण प्रशस्तै भएको उनको भनाइ छ ।

Must View