नागरिक पोष्ट News


कविता- कस्ले दिन्छ र न्याय ?

4.3K

~कुमारी पुष्पा दुलाल

हेर्नुहोस् मेरो शरीरको अंग 

लगाउनुस् अनुमान र भन्नुस् 

कसरी म मरेँ हुँला? 

म एउटी चेली हजुरहरूकी

म मृतात्मा 

के न्याय मिल्छ र मलाई? 

अनुमान लगाउनसक्नुहुन्छ? 

कति तडपिएँ त्यो क्षण? 

खप्न नसकी त्यो पीडा ,  सुन्न सकिनँ त्यो शब्द  तिमीले बोलेको , 

एक्कासि ब्रेक लागेर रोकिए 

चार अक्षरको त्यो शब्द

जुन  मेरो दिल दिमागलाई घुमाइदियो । 

चारैतिर अन्धकार छायो,  यी नाता यी प्रकृति 

त्यो हिजो त्यो अाज त्यो भ‍ोलि 

तिमी बिना शून्य जस्तो लाग्यो 

सबै फिक्का फिक्का र  मिथ्या लाग्यो तिमी बिना। 

केको भूत चढेको होला!  मलाई अात्महत्या गर्ने 

अाफूले अाफैलाई मार्नै,  बचाओ! बचाओ!!

भन्दै  आँखा चिम्लिएदै गएँ  अाधा जिब्रो कााडेर

भुईँमा लट्किएँ गर्न सक्नु हुन्छ अनुभूति? 

कस्ले दिन्छ न्याय मलाई? 

म फेरि जीवित हुन चाहान्छु 

अामाको कोखबाट आउन चाहन्छु...

आमाको काखमा खेल्न चाहन्छु...

मृतात्माको जुनीबाट मुक्त हुन

चाहन्छु के मिल्छ न्याय मलाई?.......

 

Must View