नागरिक पोष्ट News


माघे सक्रान्ति : नुवाकोटको तारुकामा २३ हल जुधाईयो - भिडियो सहित

2.8K

 मकर सक्रान्ति पर्वको अवशरमा भिन्न–भिन्न किवदन्ती अनुसार मंगलबार नुवाकोट र आसपासका विभिन्न स्थानमा गोरु जुधाई प्रतियोगिता गरी मनाइएको छ। 

यसवर्ष नुवाकोटको तारुकामा २३ हल गोरु जुधाइएको छ । यस तारmका को कार्यक्रममा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा रहनु  भएको थियो उहाँले यस गोरm जुधाई प्रतियोगितालाई अझ ब्यबस्थित गरेर लैजानु र्पने बताउनु भयो ।अतिथि प्रतिनिधि सभा सासद नारायण प्रसाद खतिवडा प्रदेस सासंद केशव पाण्डे रहनु भएको थियो ।  विभिन्न किवदन्तीसंग जोडेर परम्परागत रुपमा टोलटोलमा गरिएको गोरु जुधाई परम्पराको मौलिकपन कायम राख्न २०६२ सालदेखि तारुकावासीले एकीकृत रुपमा चन्दनीमा स्पेनी ‘बुल फाइट’को झल्को दिनेगरी गोरु जुधाई प्रतियोगिता सञ्चालन गर्दै आएका छन् । नेपाली मूलको बुल फाइट प्रतिस्पर्धाको रुपमा साढे अर्थात गोरु जुधाई प्रतियोगितालाई पर्व र जात्राको रुपमा संरक्षण गरी ईतिहासलाई जिवन्त तथा पर्यटन प्रबद्धन गरी मुलुकलाई आर्थिक रुपमा समृद्धितर्फ लैजान प्रयास भइरहेको आयोजकदेखि सरकारका मन्त्रीहरुको दाबी छ ।

 

खेती लगाउन समेत गोरु पाल्न छाडेका किसानहरु माघे सक्रान्ती पर्वमा जुधाउनको लागी वर्षभरी पोष्टिकयुक्त खाद्यान्न खुवाएर आफ्ना गोरुलाई प्रतियोगितामा सहभागि गराउदै मेला मनाएर संरक्षणमा चासो देखाएका छन् । आधुनिक खेती प्रणालीमा किसानलाई आकर्षण गराउन गोरुलाई विस्थापित गर्दै ट्याक्टर खरिदमा अनुदान दिएर आफूहरुलाई भने राज्यले बेवास्था गरेको गोरु पालक किसान बाबुल तामाङ,  को गुनासो छ ।  स्पेनी बुल फाइटलाई टेलिभिजनको पर्दामा हेरेका नेपालीहरु आफ्नै गाँउको गोठमा पालेका गोरु जुधाएर आन्तरिक मात्र नभई विदेशी पर्यटक समेत भित्र्याउन सक्षम हुदै आएका छन् । नुवाकोट र आसापासको स्थानमा गोरु जुधाई प्रतियोगितामा स्थानीय क्षेत्रबाट भएको प्रयास प्रशंसनीय भएपनि व्यवस्थापनका धेरै पक्षमा भने ध्यान दिनुपर्ने मुलुकको विभिन्न स्थानबाट मेला हेर्न पुगेका दर्शकको सुझाब छ ।   

 सँस्कृतिको संरक्षण र परम्परालाई निरन्तरता दिदै नुवाकोटको तारुकाको चन्दनीमा जुधाइने गोरुलाई आसपासमा समेत इतिहास खोतल्दै पर्वको रुपमा मनाउन लागिएको छ । तारुकामा मात्र नभई नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतीमा २०६७ सालदेखि थालिएको गोरु जुधाईलाई निरन्तरता दिदै यो वर्ष सातहल गोरु जुधाइएको छ । विभिन्न किवदन्तीलाई स्मरण गरी नुवाकोटको लिखु गाँउपालिकाको कट्टिछाप, पञ्चकन्या गाउँपालिकाको घलेभञ्याङ्ग, शिवपुरी गाउँपालिकाको शेराबगर, बेलकोटगढी नगरपालिकाको लामाचउर, धादिङको नीलकण्ठ नगरपालिकाको खाल्टे स्थित फ्याक्से लगायतको स्थानमा पनि पर्वको रुपमा गोरु जुधाएर मनाइएको छ । शिवपुरीको शेराबगरमा ३ हल गोरm जुधाईएको शिवपुरी ५ का वडा सदस्य मदुसुदन अधिकारिले जानकारि दिनु भएको छ ।

स्थानीयलाई साथ लिएर इतिहासलाई समेत उजागर गर्दै गोरु पाल्ने किसानलाई प्रोत्साहन, जुधाईको स्थानलाई व्यवस्थित र मेला सञ्चालनलाई राज्यले अपनत्व लिनसके सिमित घेरामा सञ्चालन भएको गोरु जुधाई विश्वसामु पु¥याउन सक्षम बनाउन सकिने विश्वास गर्न सकिन्छ । स्पेनको बुल फाइटको मज्जा लिनेलाई नेपाली किसानका गोरु जुधाई प्रतियोगिताले धार्मिक रुपमा एकता, सँस्कृतिको संरक्षण गरेर गोरु जुधाई प्रतियोगितालाई मनोरञ्जनमा मात्र सिमित नराखी पर्यटन भित्र्याएर आर्थिक रुपमा समुन्नत बनाउन अवसरको रुपमा राज्यले लिन सक्नुपर्दछ ।

Must View