नागरिक पोष्ट News


मान्छे खाने अघोरी बाबाको त्रास (भिडियो) को हुन् अघोरी बाबा ?

3.1K

भारत उत्तर प्रदेशको प्रयागराजमा  कुम्भ मेला

कुम्भ मेलालाई हिन्दु धर्मावलम्बीहरूको एक महान स्नान पर्वको रूपमा लिइन्छ। यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरुले इङित गरेका भए पनि हाल सम्म जम्मा ५ वटा स्थान मात्र पत्ता लागिसकेका छन।

ति ५ स्थान मध्ये भारतका ४ ठाउँमा प्रत्येक ३ ३ बर्षको अंतरालमा लाग्दछ भने १ कुम्भ स्थल नेपालमा पर्दछ। हिन्दू धर्मका सबै ग्रन्थहरूमा कुम्भ मेलाको बर्णन गरिएको पाइन्छ।

धर्म ग्रन्थका अनुसार जो मानिस कुम्भमा स्नान गर्दछ त्यो मानिस सम्पूर्ण पापहरूबाट मुक्त भएर पुण्यको भागी बन्नेछ भन्ने मान्यता रहेको छ।गङ्गामा डुबुल्की मार्नका लागि हजारौँको सङ्ख्यामा विभिन्न सम्प्रदायका साधुहरू पनि जम्मा भएका छन्।

तिनै साधुहरूमध्ये एउटा यस्तो वर्ग छ, जसलाई लिएर आममानिसको मनमा डर भइरहन्छ। साधुहरूको त्यो वर्गलाई अघोरी सम्प्रदाय भनिन्छ।अघोरीहरू मसानघाटमा बस्छन्, जलिरहेका शवमाझ उनीहरू खाना खान्छन् र मसानघाटमै सुत्छन् भन्ने धारणा रहेको छ।

अघोरीहरू नाङ्गै घुम्छन्, मान्छेको मासु खान्छन्, खप्परमा खान्छन् र गाँजा तान्छन् भन्ने धारणा पनि रहेको बीबीसीले उल्लेख गरेको छ ।

को हुन् अघोरी ?

लण्डनस्थित स्कूल अफ अफ्रिकन एन्ड ओरिएन्टल स्टडिजमा संस्कृत पढाउने जेम्स म्यालिन्सनको अध्ययन अनुसार यो सम्प्रदायसँग जोडिएका साधुहरू आफ्नो घरपरिवारसँग सम्पर्क तोड्छन् र बाहिरका मानिसमाथि पनि विश्वास गर्दैनन्।

उनीहरू सबै चिजलाई ईश्वरको अंशका रूपमा हेर्छन्। उनीहरू न कसैलाई घृणा गर्छन् न कुनै कुरालाई खारेज गर्छन्। त्यसैकारण उनीहरू मान्छे र जनावरको मासुमा फरक देख्दैनन्।

अघोरीहरू सामान्यतया हिन्दू देउता शिवको पूजा गर्छन्। केही अघोरीहरूले शवसँग शारीरिक सम्बन्ध राखेको सार्वजनिक रूपमै स्वीकारेका छन्। बीबीसीको सहयोगमा

अघोरीहरु बारे भिडियो

Must View