नागरिक पोष्ट News


उदीतनारायण झा : नेपालको शान चर्चित गायक उदीतनारायणलाई अहिले विश्वले सम्मान दिन्छ !

3.5K

उदित नारायण झा एक प्रसिद्ध नेपाली पार्श्व गायक हुन्। उनले नेपाली, हिन्दी, मैथिली, नेपाल भाषा, उर्दू, तमिल, तेलगु , मलयालम , कन्नड, उडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा पार्श्व गायकको रूपमा गीत गाएका छन्। उनले हालसम्म करीब ३२ भाषाहरूमा २५,००० भन्दा बढी गीत गाएका छन् जसमा २६० चलचित्रहरू हिन्दी भाषाका छन्।

बलिउडका एकमात्र गाय्कार हुन् जसले ३ दशक सम्म फिल्मफेयर अवार्ड पाएका हुन् । उने १९८०, १९९० र २००० मा पनि फिल्मफेयर अवार्ड पाएका हुन् । उनले पद्म श्री पुरस्कार पनि जितेका छन्। उनले सन् २००१ मा प्रबल गोर्खा दक्षिण बहु नेपालको तत्कालिन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाह देव बाट प्राप्त गर्नुका साथै सन् २००९ मा भारतको उच्च सम्मान पदक पद्म श्री पुरस्कारबाट सम्मानित भएका थिए।

Image result for गायक उदीतनारायण

नेपाल र भारतको मिक्स संस्कृति मा पालिएका हुन् उदित नारायण । उनले आफै मिडियामा आएर स्वीकारेकि म यसै घरमा जन्मिएको हो र यसै समाजमा मेरो धेरै समय बितिको हो । आज उनीसंग कति पैसा छ त् त्यो भन्नु नै पर्दैन आज उनलाई खोज्न कति टाढा जानु पर्दैन गुगलमा उनको नाम हाल्न बितिकै उनको सम्पूर्ण जानकारी आउंछ ।

आफ्नो मिहनतले यस्तो उंचाई मा पुगेका उदित नारायण झा अहिले सम्म आफ्नो पुरानो इतिहासको पनि सम्मान गर्छन र बेला बेला मा आउने जाने गर्छन ।

Must View