नागरिक पोष्ट News


सलुट ! उषाकला राईलाई, आमाको किरियापुत्री बस्ने पहिलो नेत्री

2.6K

 नेतृ उषाकला राईले भने आफु छोरी भए पनि छोराको जस्तै भूमिका निभाएकी छन । प्रदेशसभा सांसद समेत रहेकी  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतृ उषाकला राईले कपाल मुण्डन गरेर आफ्नी आमाको किरियापुत्री बसेकी छिन् ।

उपचारको क्रममा आफ्नी आमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा निधन भएपछी पुरानो मान्यता तोडेर किरिया बसेकी हुन् । हाम्रो समाजमा परम्पराअनुसार दिवंगत आमाबुवाको काजकिरिया छोराले गर्ने प्रचलन छ । माननीय राईको कुनै पनि दाजुभाई भने छैनन् ।

उषा राईको यो कदमलाई उनका श्रीमान एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङलेपनि महान भएको बताएका छन ।

Must View