नागरिक पोष्ट News


दाङमा सयौं ई–रिक्सा र अटो नियन्त्रणमा

2.9K

दाङ – दाङ प्रहरीले मापदण्ड बिपरित सञ्चालनमा आएका ई–रिक्सा र अटोहरुलाई कडाइ गरेको छ । मगलबार बिहानैदेखि तुलसीपुरका बजार र गाउँ गाउमा सञ्चालन भैरहेका सयौं अटोहरुलाई दर्जनौं प्रहरी र ट्राफिक प्रहरीको सहयोगमा चेकजाँच गरि नियन्त्रणमा लिने काम गरेको थियोे ।तुलसीपुरबाट करिव दुई सय अटो ब्यबसायिहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुर,जिल्ला ट्राफिक प्रहरीको सयुक्त टोलि परिचालन गरि लाईसेन्स नभएका, दर्ता नभएका,रुटपरमिट र लाईभ ज्याकेट नलगाई सवारी सञ्चालन गरिरहेका ब्यब सायिहरुलाई एकाएक अरणिको मैदानमा आबश्यक छानबिनका लागि भन्दै नियन्त्रणमा लगेको थियोे ।

यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि प्रेम बहादुर शाहिले स्थानीय निकाय सङगको समन्वयमा मापदण्ड बिवरितका अटो ब्यबसायिहरुलाई नियन्त्रणमा लिएर आबश्यक चेक जाँच गर्ने अभियान सञ्चालन गरेको बताएका छन ।बढदो सवारी दुर्घटना ,अब्यबस्थित पार्किङ ,र राज्यको सवारी ऐन बिपरित खुलेयाम सञ्चालन भैरहेका अटो मात्रै हैन अन्य सवारी साधनहरुमा समेत कडाइका साथ चेकजाँच हुन्छ डिएसपि शाहीले बताए ।यता जिल्ला ट्राफिक प्रमुख प्रहरी निरिक्षक मदन बहादुर कवरले जिल्लामा यात्रु भन्दा बढि अटोहरु भित्रीएपछि थप समस्या श्रृजना भएको बताएका छन ।

उनले रुट परमिट एकठाउको लिने र सञ्चालन मनोमानि तरिकाले गर्दै आएका र मापदण्ड बिपरितका अटोहरुलाई आबश्यक कार्बा्हि र उनिहरुको हकहितका बारेमा समेत सचेतना फैलाउनका लागि नियन्त्रणमा लिएर आबश्यक छानबिन गरेको बताएका छन ।यस्तै बिच अटो सञ्चालन कम्पनीका अगुवाहरूले आफुहरु दोहोरो करको चपेटामा परेको प्रतिकृया दिएका छन । उनिहरुले उपमहानगरपालिका अथवा यातायात ब्यबस्थाकार्यालय एक ठाउमा मात्रै कर तिर्न आफुहरु तयार रहेको बताएका छन ।हामी कति अटो चालकत “अक्षेर समेत चिन्न नसक्ने अबस्थामा छौ हामिलाई लाईसेन्सको कुरा त परको हो एकजना अटो चालक रमेश बिकले भने ।

newsgorkha.com bata

Must View