नागरिक पोष्ट News


सबैंलाई हँसाउने कादर खान आजदेखि आफैं रहेनन

1.9K

काठमाडौं । कादर खान भन्ने वित्तिकैं सबैंको मनमा भारतीय चलचित्रमा देखिने हाँस्य दृश्यको याद आउँछ । अफगानस्तानमा जन्मेर बलिउड क्षेत्रमा आएका खानले भारतीय सिनेमा क्षेत्रमा झण्डैं तीन सय भन्दा धेरैं चलचित्रहरुमा अभिनय गरेका छन । आज उनैं भारतीय हाँस्य कलाकार खानको मृत्यु भएको विभिन्न अन्तिराष्ट्रिय सञ्चारमाध्यले जनाएका छन । बलिउडका वरिष्ठ अभिनेता समेत रहेका खानलाई प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) डिसअर्डर रोग लागेको थियो । उपचारका क्रममा उनको क्यानडामा निधन भएको हो । उनलाई केही समय अघि देखि क्यानडाको अस्पतालमा भर्ना गरिएको थियो । ८१ वर्षीय खान २२ अक्टुबर १९३७ मा काबुलमा जन्मिएका थिए । खानले सन् १९७३ मा फिल्म दाग मार्फत् बलिउड डेब्यू गरेका थिए । “बाप नम्बरी बेटा दश नम्बरी, अंगार, हिम्मतवाला, सिक्का, आँखे, मे खिलाडी तु अनाडी, कुली नं १, साजन चले ससुराल, दुल्हे राजा” लगातका चर्चित फिल्ममा काम गरिसकेका खानले हिन्दी र उर्दु गरी २५० फिल्मको लागि डायलग पनि लेखेका छन् ।

Must View