नागरिक पोष्ट News


सवानीको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम २०७५

3.4K

ड्रिमप्वाईन्ट एजुकेशनल एण्ड टे«निङ्ग इन्स्टिच्यूट र सम्भव छ नेपालले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । स्वस्फूर्त रक्तदान गरौं, जिवनदानको हिस्सा बनौं भन्ने मूल मन्त्रलाई अङ्गिकार गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको हो । काठमाडौंको बागबजार स्थित आफ्नै कार्यालय अगाडी आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरे । भाषणकला तथा उद्घोषणकलाको क्षेत्रमा क्रियाशिल रहनुका साथसाथै प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुलाई सामाजिक कार्यमा पनि निरन्तर क्रियाशिल राख्ने उद्धेश्यले उक्त रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी गराउदै आफ्नो छोरीको जन्मदिनको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको आयोजक समितिका अध्यक्ष शंकर कुमार प्रधानज्यूले जानकारी दिनु भयो । अध्यक्ष एवं प्रशिक्षक शंकर प्रधान भन्नुहुन्छ, विभिन्न अस्पतालहरुमा रगतको अभावमा विरामीहरु छट्पटाउनु पर्ने अवस्था र विरामीका आफन्तहरुले अनाहकमा विभिन्न प्रकारका दुखहरु पाउनु परिरहेको अवस्थामा हामीले पहल गर्दा केहि मात्रामा भएता पनि रगत संकलन गर्न सकिए केहि न केहि विरामीहरुको जिवनमा नयाँ आशा सञ्चार गर्न सक्ने विश्वासले यो रक्तदान आयोजना गरेका हौं ।  काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा हाल सम्म १५६ पटक रक्तदान गरि विश्व मानचित्रमै ख्याति प्राप्त गर्न सफल वरिष्ठ समाजसेवी प्रेमसागर कर्माचार्यज्यू र सञ्चार जगतकै सर्वाधिक ९९ पटक रक्तदान गर्ने वरिष्ठ सञ्चारकर्मी कुल प्रसाद पाण्डेज्यूलाई मातृभूमि सेवा सम्मान २०७५ ले सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्गीज्यूले रगत दिने कुरामा जनमानसमा देखिएको भ्रम निवारण गर्न जरुरी छ र यस्ता रक्तदानका कार्यक्रमहरुका साथसाथै सचेतना जगाउन सकियो भने अवश्यनै नेपालमा देखिएको रगत अभाव हट्ने र जनताहरु स्वस्फूर्त रक्तदानमा सरिक हुने धारणा व्यक्त गर्न भयो । ड्रिमप्वाईन्टले बोल्नेकला मात्र नसिकाई यस्ता सामाजिक जिम्मेवारी पूरा गर्ने अनुकरणीय कार्य गर्न सफल भएकोमा प्रमुख अतिथिले आयोजकलाई वधाई दिदै सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।  रक्तदान कार्यक्रमका संयोजक प्रविन थापाको अनुसार आज ड्रिमप्वाईन्ट इन्स्टिच्यूट एवं सम्भव छ नेपालका अध्यक्ष एवं हाम्रा प्रशिक्षक शंकर प्रधानज्यूको छोरी सवानी प्रधानको जन्मदिनको अवसर पारी यो रक्तदान कार्यक्रम आयोजना गरेका हौं र आगामी दिनहरुमा पनि विभिन्न अवसरहरु पारी यस्तै कार्यक्रमहरु निरन्तर सञ्चालन गर्ने धारणा व्यक्त गर्नु भयो ।  रक्तदान कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नमा रजनीश टे«निङ्ग कन्सल्टेण्ट र वर्षा फोटो स्टुडियोले पनि सहजीकरण गरेको थियो ।   

Must View